Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Yesto Pani Hundo Raichha
Phatteman
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिलेकहिले
कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले
यस्तो पनि हुँदो रैछ
यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिलेकहिले
कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले
यस्तो पनि हुँदो रैछ
मेरो जस्तो माया दिने तिमीलाई हजार होला
तिम्रो लागि मेरा जस्ता हजारहजार मुटु रोला
मेरो जस्तो माया दिने तिमीलाई हजार होला
तिम्रो लागि मेरा जस्ता हजारहजार मुटु रोला
जसलाई आफ्नो सम्झेको थिएँ, उही बिरानो भयो अहिले
कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले
यस्तो पनि हुँदो रैछ
मेरो माया कुल्चि जाने, तिम्रो माया फलोस् फुलोस्
मेरो इच्छा मारी जाने, तिम्रो इच्छा सधैँ पुगोस्
मेरो माया कुल्चि जाने, तिम्रो माया फलोस् फुलोस्
मेरो इच्छा मारी जाने, तिम्रो इच्छा सधैँ पुगोस्
उदास आँखा मेरा पनि, सपना देख्थेँ कहिलेकहिले
कसैलाई माया गर्नु, एउटा भुल गरेँ मैले
यस्तो पनि हुँदो रैछ
यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिलेकहिले
कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले
यस्तो पनि हुँदो रैछ