Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Ujeli
Sajjan Raj Vaidya
Popularity · High
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
मेरो आफ्नै शरीरको भारले
थुप्रिएका मेरा विचारले
कहिलेकाहीँ म नै म नहुँदा
किन बस्यौ खै कुन्नि मेरो बगलमा तिमी
बेला-बेलामा हरेस खाँदा म
छातीमा मेरो पहिरो जाँदा
यो माया मेरो मनैमा नहुँदा
कसरी बस्यौ राखी माया तिम्रो मनमा?
फर्काई ल्याउँछौ जमिनमा
वेदनामा बगी गाको मेरो मन
तिमी नहुँदो हौ त कहाँ हुन्थेँ र म?
मरिजान्थेँ नि यसै म त
मरिजान्थेँ नि यसै म त
फितलो मेरो आवाज भई जाँदा
साँझले मेरो उजेली लैजाँदा
बिहानी फेरि नफर्कुन्जेलसम्म
कसरी बस्यौ राखी धैर्य तिम्रो मनमा?
धेरै त हैन, मन बलियो छैन
तर मनमा छ मेरो जाँगर अझै
वर्षौँ लागे नि यो बर्सिने खुसी
बर्सँदा रमाउँला म तिमीसँगै
धेरै त हैन, मन बलियो छैन
तर मनमा छ मेरो जाँगर अझै
वर्षौँ लागे नि यो बर्सिने खुसी
बर्सँदा रमाउँला म तिमीसँगै