Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Aaja Bara Hate Patukiko
Sadhana Sargam
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
आज बाह्रहाते पटुकीको कुरा गर, मायालु
बाँधी कम्मर भाँच्न मन लाग्यो
तिम्रो रोदीघर, मारुनीको कुरा गर, मायालु
मलाई छमछमछम नाच्न मन लाग्यो
ए परदेशी, तिमीसँग चोखो साइनो गाँस्न मन लाग्यो
मलाई छमछमछम नाच्न मन लाग्यो
आज बाह्रहाते पटुकीको कुरा गर, मायालु
बाँधी कम्मर भाँच्न मन लाग्यो
दोहोरीमा कुरा गर्छौ, मादलुको तालमा हिन्छौ
तिमी लाउँछौ मोहनी
हो, दोहोरीमा कुरा गर्छौ, मादलुको तालमा हिन्छौ
तिमी लाउँछौ मोहनी
हिउँचुलीको सङ्लो पानी, सङ्लो मनको सङ्लै बानी
मलाई मन पर्यो त्यो पनि
नाइँ नभन तिमी सँगसँगै मर्न-बाँच्न मन लाग्यो
मलाई छमछमछम नाच्न मन लाग्यो
नौमती र पञ्चेबाजा बज्छ मनमा, लाग्छ लाज
आज मलाई किन हो?
हो, नौमती र पञ्चेबाजा बज्छ मनमा, लाग्छ लाज
आज मलाई किन हो?
रमाइलो तिम्रो गाउँ, घुम्टो ओढी कहिले जाऊँ?
आऊ चाँडै लिन हो
कहिले ल्याउँछौ डोली? दिन गन्दै औँला भाँच्न मन लाग्यो
मलाई छमछमछम नाच्न मन लाग्यो
आज बाह्रहाते पटुकीको कुरा गर, मायालु
बाँधी कम्मर भाँच्न मन लाग्यो
तिम्रो रोदीघर, मारुनीको कुरा गर, मायालु
मलाई छमछमछम नाच्न मन लाग्यो
ए परदेशी, तिमीसँग चोखो साइनो गाँस्न मन लाग्यो
मलाई छमछमछम नाच्न मन लाग्यो
मलाई छमछमछम नाच्न मन लाग्यो