Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Jati Marimete Pani
Kunti Moktan
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
जति मरिमेटे पनि मनको कुरा बुझ्दैन
माया भन्ने कुन चरी हो उसलाई थाहा हुँदैन
के माया लाउनु र, के मरिमेट्नु?
जे गरे नि बुझ्दै बुझ्दैन
हो, जे गरे नि बुझ्दै बुझ्दैन
जति मरिमेटे पनि मनको कुरा बुझ्दैन
माया भन्ने कुन चरी हो उसलाई थाहा हुँदैन
के माया लाउनु र, के मरिमेट्नु?
जे गरे नि बुझ्दै बुझ्दैन
हो, जे गरे नि बुझ्दै बुझ्दैन
मैले दिएँ जाली रुमाल रगतैले नाउँ लेखेर
मैले दिएँ जाली रुमाल रगतैले नाउँ लेखेर
उसले त फ्याँकिदियो
उसले त फ्याँकिदियो पसिना पुछेर
के चिनो दिनु र, के मरिमेट्नु र?
मनको कुरा बुझ्दै बुझ्दैन
हो, मनको कुरा बुझ्दै बुझ्दैन
मैले दिएँ फूलको थुँगा जुनीभरको माया उनेर
मैले दिएँ फूलको थुँगा जुनीभरको माया उनेर
हिलोमा फ्याँकिदियो
हिलोमा फ्याँकिदियो काँडाले घोच्यो भनेर
के आँसु झार्नु र, के भाकल गर्नु र?
जति डाके सुन्दै सुन्दैन
हो, जति डाके सुन्दै सुन्दैन
जति मरिमेटे पनि मनको कुरा बुझ्दैन
माया भन्ने कुन चरी हो उसलाई थाहा हुँदैन
के माया लाउनु र, के मरिमेट्नु?
जे गरे नि बुझ्दै बुझ्दैन
हो, जे गरे नि बुझ्दै बुझ्दैन
हो, मनको कुरा बुझ्दै बुझ्दैन