Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Dal Bhat Ko Khacho
Mukti & Revival
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
एउटै कुरो साँचो, सबैको खाँचो
आज बिहान घरघरमा घुइँचो
सबैलाई हतारैहतार
लुगाफाटा लगाई, हातमुख धोई
भान्छाघरमा पस्छन् अनि भन्छन्, "छिटो, छिटो"
कसैलाई अफिस जान ढिलो
कसैलाई इस्कुल जान ढिलो
कसैलाई कलेज जान ढिलो
आमाचाहिँलाई त ख्वाउनै पो ढिलो, यही कुरो साँचो, yeah
दालभातको खाँचो, सोह्रै आना साँचो
तातो भातको खाँचो, यो कुरो साँचो
बाजेहरूको पनि यही कुरो खाँचो
काकाहरूको पनि यही कुरो खाँचो
फुपूहरूको त झनै खाँचो
आफूलाई त गीत गाउनेको खाँचो, यही कुरो साँचो
Yeah, trekking मा पनि यही नै खाइन्छ
Picnic मा पनि यही नै पाइन्छ
विदेश जाँदा पनि यही नै देखिन्छ
हुँदाहुँदै त बे भोजमा पनि भात नै ख्वाइन्छ
धत्तेरिका, पुलाउ नै छैन हो!
लौ, अर्को कुरा सुन्नू
आज साँझ घरबाट निस्कन्छु
आमा सोध्छे, "हे, कहाँ जान लागिस्?"
"हे मेरी आमा, एकछिन साथीकोमा जान्छु" भन्दा
उनी भन्छे, "पहिले भात खा, अनि जहाँसुकै जा"
थानकोटबाट highway को बाटो
नौबिसे पुग्छ र चिया खाने रहर
मलेखु पुग्छ अनि माछा खाने रहर
मुग्लिङ पुग्दा थकाली बहिनीको मीठो आवाज
"हे दाजु, यता आउनुस्, हाम्रो मीठो खाना खानुस्
अनि जहाँसुकै जानुस्"
दालभातको खाँचो, सोह्रै आना साँचो
मीठो भातको खाँचो, यो कुरो साँचो
दालभातको खाँचो, सोह्रै आना साँचो
ढिँडो र भातको खाँचो, यो कुरो साँचो
साँचो, yeah, yeah
दालभातको खाँचो, सोह्रै आना साँचो
घिउ-भातको खाँचो, यो कुरो साँचो
दालभातको खाँचो, सोह्रै आना साँचो
मासु-भातको खाँचो, यो कुरो साँचो
सारा संसारकै खाँचो