Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Pipal Pate Maya
Rachana Rimal, Prabin Bedwal
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
लहै, लहै
लहै, लहै
पीपलपाते माया, हजुर, पीपलपाते माया
कहिले माया यता, हजुर, कहिले उता माया
यता पनि ठिक्क पार्ने, उता पनि ठिक्क
चिप्लो घस्ने बानी देख्दा लाग्छ मलाई दिक्क
चिप्लो घस्ने बानी देख्दा लाग्छ मलाई दिक्क
बानी छैन मेरो, हेर, साह्रै चिल्लो घस्ने
माया यता हुँदाहुँदै अर्को दिलमा बस्ने
चौँरी चर्ने लेखैमा, माछी लेवैमा
नगर न शङ्का मलाई, हुन्छु तिम्रै छेउमा
नगर न शङ्का मलाई, हुन्छु तिम्रै छेउमा
मन तिम्रो एउटा होला, माया दुईतिर
गाउँघरकाले कुरा काट्दा मनमा पर्छ पीर
मन मेरो एउटै, हेर, माया तिमीतिर
नखाएको विषले कहाँ पर्छ पीर?
मुटु मेरो पोल्छ तिम्ले अन्तै माया लाउँदा
मन मेरो ढुक्क हुन्छ तिम्रो माया पाउँदा
माया मेरो चोखो, हेर, छैन यसमा शङ्का
तिमीबाहेक माया कतै लाउँदिन म अन्त
चिप्लो घस्ने बानी देख्दा लाग्छ मलाई दिक्क
नगर न शङ्का मलाई, हुन्छु तिम्रै छेउमा
उता माया लाउँदा मुटु कुटुकुटु खाने
बानी हेर्दा लाग्छ तिमी उतैतिर जाने
भइगो, अब दोधारे कुरा नगर
जुनी काट्ने तिमीसँगै, मेरै भर पर
मैले अब बल्ल बुझे तिम्रो माया, कान्छा
भन्नुपर्दा यो मन मेरो तिमीतिरै जान्छ
लट्ठै हुने गर्छु म त सुन्दा तिम्रो बोली
चाँडै आउँछु लिन तिम्लाई जन्तीसँगै डोली
पीपलपाते माया, हजुर, पीपलपाते माया
कहिले माया यता, हजुर, कहिले उता माया
यता पनि ठिक्क पार्ने, उता पनि ठिक्क
चिप्लो घस्ने बानी देख्दा लाग्छ मलाई दिक्क
चिप्लो घस्ने बानी देख्दा लाग्छ मलाई दिक्क
बानी छैन मेरो, हेर, साह्रै चिल्लो घस्ने
माया यता हुँदाहुँदै अर्को दिलमा बस्ने
चौँरी चर्ने लेखैमा, माछी लेवैमा
नगर न शङ्का मलाई, हुन्छु तिम्रै छेउमा
नगर न शङ्का मलाई, हुन्छु तिम्रै छेउमा
पीपलपाते माया, हजुर, पीपलपाते माया
कहिले माया यता, हजुर, कहिले उता माया
यता पनि ठिक्क पार्ने, उता पनि ठिक्क
चिप्लो घस्ने बानी देख्दा लाग्छ मलाई दिक्क
चिप्लो घस्ने बानी देख्दा लाग्छ मलाई दिक्क
बानी छैन मेरो, हेर, साह्रै चिल्लो घस्ने
माया यता हुँदाहुँदै अर्को दिलमा बस्ने
चौँरी चर्ने लेखैमा, माछी लेवैमा
नगर न शङ्का मलाई, हुन्छु तिम्रै छेउमा
नगर न शङ्का मलाई, हुन्छु तिम्रै छेउमा
मन तिम्रो एउटा होला, माया दुईतिर
गाउँघरकाले कुरा काट्दा मनमा पर्छ पीर
मन मेरो एउटै, हेर, माया तिमीतिर
नखाएको विषले कहाँ पर्छ पीर?
मुटु मेरो पोल्छ तिम्ले अन्तै माया लाउँदा
मन मेरो ढुक्क हुन्छ तिम्रो माया पाउँदा
माया मेरो चोखो, हेर, छैन यसमा शङ्का
तिमीबाहेक माया कतै लाउँदिन म अन्त
चिप्लो घस्ने बानी देख्दा लाग्छ मलाई दिक्क
नगर न शङ्का मलाई, हुन्छु तिम्रै छेउमा