Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Hariyo Bhannu Ni Kanchhi - Tribute
Raju Lama
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
हरियो भन्नु नि, कान्छी, त्यो रानीवन
पहेँलो भन्नु सुनखानी, सुन, मेरो निर्माया
सुरिलो भन्नु नि, कान्छा, त्यो रूख सल्लो
धपक्कै मुहार उजेलो, सुन, मेरो निर्माया
जुनेली रातमा नि, कान्छी, बिउँझेर हेर्दा
कुटुक्क नै मन खाने, सुन, मेरो निर्माया
अँधेरी खोला नि, कान्छा, सुसाई बग्दा
भुतुक्कै यो ज्यान भइजाने, सुन, मेरो निर्माया
सत्य र जुगको झुलो र चकमक, कलिको सलाई
जसरी जान्छ वनको पहिरो, उस्तै छ मलाई
साउनको भेल उर्लेर आयो, लग्यो खेत बगाई
जस्तो छ तिम्रो मनको व्यथा, उस्तै छ मलाई
हिमालचुली नि, कान्छी, त्यो पल्लोपट्टि
डढेलो लाग्छ वन धुवाँई, सुन, मेरो निर्माया
न्याउली रुन्छे नि, कान्छा, त्यो रूख डाली
आँसुको भेल भलभल्ती, सुन, मेरो निर्माया
उर्लन्छ नदी नि, कान्छी, चिरिन्छ छाती
कतिन्जेल बस्नु मन रुवाई? सुन, मेरो निर्माया
मनको कुरा नि, कान्छा, को सुनिदेला?
पोल्छ यो मन भतभती, सुन, मेरो निर्माया
हिमालचुली, खोली र खोल्सा, घामै र लाग्दैन
मायालु ज्यानलाई नदेखेसम्म रमाइलो लाग्दैन
हिमालका चुचुरा सेतै छ हिउँले
एकै र झल्को देख्नलाई मन छ, आऊ कुनै निहुँले
मदेसे ज्यानको नि, कान्छी, त्यो मधुवन
माहुरीले लाउँछ गुँड, सुन, मेरो निर्माया
ढक र मक्क नि, कान्छा, त्यो लालीगुराँस
वनैभरि ऐँसेलु, सुन, मेरो निर्माया
फागुन मासमा नि, कान्छी, फूलको बासमा
चल्दछ तिम्रै धुन, सुन, मेरो निर्माया
फागुनै बिते नि, कान्छा, वैशाखै आउँछ
जोबन बिते कहाँ पाउनु? सुन, मेरो निर्माया
चल्दछ तिम्रै धुन, सुन, मेरो निर्माया
मनमा बज्छ मुरली, सुन, मेरो निर्माया
चल्दछ तिम्रै धुन, सुन, मेरो निर्माया
मनमा बज्छ मुरली, सुन, मेरो निर्माया
सुन, मेरो निर्माया
सुन, मेरो निर्माया
सुन, मेरो निर्माया