Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Kasari Ma Bhule
Madhu chhetri, Narayan Gopal
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
आदरणीय, श्रोतावृन्द!
अब हामी स्वर्गिय स्वर-सम्राट नारायणगोपालको नयाँ गीत प्रस्तुत गर्दै छौँ
यो गीत 'गीतियात्रा भाग-२' को लागि रेकर्ड गरिएको थियो
तर दुर्भाग्यवश उहाँको असामयिक निदनले गर्दा
'गीतियात्रा भाग-२' यहाँहरूसमक्ष निकाल्न असमर्थ भयौँ
तैपनि यो गीत हाम्रो यस 'स्वर्णिम-सन्ध्या भाग-१' मा प्रस्तुत गरेका छौँ
प्रस्तुत गीतका गीतकार भिम विराग, र सङ्गीतकार मधु क्षेत्री हुनुहुन्छ
कसरी म भुलेँ? केमा म भुलेँ?
कसरी म भुलेँ? केमा म भुलेँ?
तिम्रो ओठमा, तिम्रो मुस्कानमा
तिम्रो ओठमा, तिम्रो मुस्कानमा, आँखामा कि भाकामा?
कसरी म भुलेँ? केमा म भुलेँ?
पानीभित्र डुबी बस्छ चन्द्रमाको छाया
पानीभित्र डुबी बस्छ चन्द्रमाको छाया
सपनाभित्र मन भुल्छ, मनभित्र माया
तिम्रो रूपमा कि रङ्गमा? केमा म भुलेँ?
कसरी म भुलेँ? केमा म भुलेँ?
गहिराइमा सागर भुल्छ, सागरमा पानी
गहिराइमा सागर भुल्छ, सागरमा पानी
तिमीलाई खोजी बस्छ आँखाका यी नानी
तिम्रो सार्थले कि पार्थले? केमा म भुलेँ?
कसरी म भुलेँ? केमा म भुलेँ?
कसरी म भुलेँ? केमा म भुलेँ?
तिम्रो ओठमा, तिम्रो मुस्कानमा
तिम्रो ओठमा, तिम्रो मुस्कानमा, आँखामा कि भाकामा?
कसरी म भुलेँ? केमा म भुलेँ?