Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Rup Ki Rani Uni
Udit Narayan
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
रूपकी रानी, उनी मायाकी खानी
सुन्दर बिहानी, उनी आँखाकी नानी
हो, रूपकी रानी, उनी मायाकी खानी
सुन्दर बिहानी, उनी आँखाकी नानी
यो फूलको त कुरै छोडौँ, त्यो जूनको नि कुरै छोडौँ
यो फूलको त कुरै छोडौँ, त्यो जूनको नि कुरै छोडौँ
मेरी माया त यस्तो सर्माउँछिन्, मेरी माया त यस्तो मुस्काउँछिन्
उनको त कुरै छोडौँ, हे, उनको, उनको त कुरै छोडौँ
यो फूलको त कुरै छोडौँ, त्यो जूनको नि कुरै छोडौँ
यो मनको चाहा यस्तो छ, देखूँ, हरपल भेटिरहूँ
यो अँगालोभित्र सधैँ लाग्छ समेटिरहूँ, हो
यो मनको चाहा यस्तो छ, देखूँ, हरपल भेटिरहूँ
यो अँगालोभित्र सधैँ लाग्छ समेटिरहूँ
आँखाभित्र राखे नबिझ्याउने छिन्
निन्द्रै लाग्दैन नदेखेको दिन
आँखाभित्र राखे नबिझ्याउने छिन्
निन्द्रै लाग्दैन नदेखेको दिन
यो फूलको त कुरै छोडौँ, त्यो जूनको नि कुरै छोडौँ
मुटुमै लुकाएको छु कसैले नदेख्ने गरी
कोही छैन तुलनामा सारा यो सृष्टिभरि
मुटुमै लुकाएको छु कसैले नदेख्ने गरी
कोही छैन तुलनामा सारा यो सृष्टिभरि
कलेजीमै टाँस्न सुहाउने छिन्
जति हेरे नि नअघाउने छिन्
कलेजीमै टाँस्न सुहाउने छिन्
जति हेरे नि नअघाउने छिन्
यो फूलको त कुरै छोडौँ, त्यो जूनको नि कुरै छोडौँ
यो फूलको त कुरै छोडौँ, त्यो जूनको नि कुरै छोडौँ
हो, मेरी माया त यस्तो सर्माउँछिन्, मेरी माया त यस्तो मुस्काउँछिन्
उनको त कुरै छोडौँ, हे, उनको, उनको त कुरै छोडौँ
यो फूलको त कुरै छोडौँ, त्यो जूनको नि कुरै छोडौँ