Skip to content

Chhutiyera Timi Sanga (Male Vocals)

Pramod Kharel
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए किन तिम्रो मायाको भीख माग्नुपर्थ्यो? छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए किन तिम्रो मायाको भीख माग्नुपर्थ्यो? म त सधैँभरि तिम्लाई माया गर्ने मान्छे म त तिम्रो साथबिना जिउँदै मर्ने मान्छे छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए किन तिम्रो मायाको भीख माग्नुपर्थ्यो? को नै तयार छ र यहाँ मायाबिना बाँच्न एउटालाई मन दिएर अर्कोसँग हाँस्न? हो, को नै तयार छ र यहाँ मायाबिना बाँच्न एउटालाई मन दिएर अर्कोसँग हाँस्न? म त सधैँभरि तिम्रो भलो चाहने मान्छे तिम्रो खुशी जता चल्छ उतै जाने मान्छे वर्षौँदेखि गुम्सिएका कति कुरा भन्नु छ एकपल पनि नछुट्टिने तिम्रो जोडी बन्नु छ वर्षौँदेखि गुम्सिएका कति कुरा भन्नु छ एकपल पनि नछुट्टिने तिम्रो जोडी बन्नु छ म त सधैँभरि तिम्रो जीवन चाहने मान्छे म त सधैँभरि तिम्रो धड्कन सुन्ने मान्छे छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए किन तिम्रो मायाको भीख माग्नुपर्थ्यो? म त सधैँभरि तिमीलाई माया गर्ने मान्छे म त तिम्रो साथबिना जिउँदै मर्ने मान्छे छुट्टिएर तिमीसँग बाँच्न सक्ने भए किन तिम्रो मायाको भीख माग्नुपर्थ्यो?