Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Pralaya 'B'
Arthur Gunn
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
बिहानै किरणसँग आज उठेँ म
तिम्रै तस्बिर हेरी फेरि टुटेँ म
जानु छ धेरै टाढा, आफ्नो गन्तव्यतिर लस्केँ
समय बितेको चालै नपाई फेरि म झस्केँ
पछाडि परेछु म यो संसारमा
भुलेछु म आफ्नै प्रलयमा
Woo, यही नै मेरो प्रलय
फर्की आउँछौ कि भनी म त कुरी बसेछु
दिन थियो जब आफै हेरी साह्रै तर्सेछु
साथीभाइ सोध्छन्, "के भयो तँलाई आज?"
हराएँ म आफैमा, गाह्रो छ जान भीडको माझ
पछाडि परेछु म यो संसारमा
भुलेछु म आफ्नै प्रलयमा
Woo, यही नै मेरो प्रलय
Woo, यही नै मेरो प्रलय
जिउनु छ, जिउन मलाई
हरेसै नखाऊँ टुटेर
सपना छन् धेरै मेरो
केही हुनेछैन झुकेर
बिहानै किरणसँग आज उठेँ म
तिम्रै तस्बिर हेरी फेरि टुटेँ म
Woo, यही नै मेरो प्रलय
Woo, यही नै मेरो प्रलय