Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sapana Ko Raja
Rachana Dahal
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
मेरो राजा घोडामा आउछ रे
घोडामा मलाई चडाइ लान्छ रे
पारीको त्यो संसार देखाउछ रे
उडाइ मलाई
कहाँबाट आउछौ तिमी
बादल पारीको देश
हुन्छ अरे
खोज्दै नै छु वरिपरि
देवदूत जसरी पंखा फ़िजाइ
आउछौ उडि
मेरो राजा नआए पनि
घोडामा मलाई नभगाए पनि
पारीको संसार नदेखाए पनि
उड्नेछु म
आफ़ै उड्ने रहर मेरो
बादल पारीको देश हुन्छ अरे
उड्दै छु म निडर भइ
संगालि माया यो मनमा मिठा सारा सपना बोकी
मेरो राजा घोडामा आउछ रे
घोडामा मलाई चडाइ लान्छ रे
पारीको त्यो संसार देखाउछ रे
उडाइ मलाई
कहाँ बाट आउछौ तिमी
बादल पारीको देश
हुन्छ अरे
खोज्दै नै छु वरिपरि
कसरी जसरी पंखा फ़ीजाइ
आउछौ उडि
घोडा चडि यो आंगनमा मेरो राजा आउछ रे
फ़काइ फ़ुलाइ आमा बुवाले जाउ रानी भन्छन् अरे
माथि अनि पारीको देश अझै उड्न मन छ रे
मेरो राजा घोडामा नआए पनि
रानी बन्न मन छ रे