Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Samjhana Cha Baki
Bibash Jk
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
हो, मुस्कान तिम्रो देखेसी लाग्यो मोहनी
सम्झीसम्झी, सानु, तिमीलाई बित्यो बिहानी
तिम्रो काख मेरो लागि बनोस् सिरानी
सम्झीसम्झी, सानु, तिमीलाई बित्यो बिहानी
हँ, कतिन्जेल बस्नु अझै चिट्ठी लेखेर
धेरै कुरा भन्नु छ नि तिमीलाई भेटेर
साँझपख भेट्न आउनू घरमा ढाँटेर
बसौँला नि कुरा गर्दै माया साटेर
हो, चौतारीमा आउँछ्यौ भनेर त्यही बाटो पर्खेँ म
आइनौ तिमी, आसै मर्यो, आफ्नै बाटो फर्केँ म
लागेँ म त आफ्नै बाटो आसै नराखी
छाडिजाने मायालाई सम्झना छ बाँकी
लागेँ म त आफ्नै बाटो आसै नराखी
छाडिजाने मायालाई सम्झना छ बाँकी
सम्झना छ बाँकी
सम्झना छ बाँकी
JK
चोली र पटुकी चट्ट सुहाउने
किन हो यति चाँडै झट्टै रिसाउने?
तिम्रो नाम लिएर मलाई सबले जिस्काउने
फेरि, "आउँछु, आउँछु, आउँछु" भनी सधैँ पर्खाउने
तिम्रो र मेरोबारे हल्ला भो नि गाउँभरि
"भेट्न् आऊ" भन्दा बहाना सधैँ नौथरी
कतिन्जेल बस्नु तिम्रो वरिपरि भौँतारी?
टाढिन्छौ कि भनी डर पो लाउँछ नि
किन हो तिमी बोल्दिनौ आजकाल?
म तिम्लाई सम्झेर टोलाउँछु रातभर
मैले नबोलाए बोल्न हुन्न र?
मनका कुरा खोल्न हुन्न र?
हो, चौतारीमा आउँछ्यौ भनेर त्यही बाटो पर्खेँ म
आइनौ तिमी, आसै मर्यो, आफ्नै बाटो फर्केँ म
लागेँ म त आफ्नै बाटो आसै नराखी
छाडिजाने मायालाई सम्झना छ बाँकी
लागेँ म त आफ्नै बाटो आसै नराखी
छाडिजाने मायालाई सम्झना छ बाँकी
सम्झना छ बाँकी
सम्झना छ बाँकी