Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Basa Sundari (Rock Version)
AI Remix Nepal
Popularity · Low
+
Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
बस, सुन्दरी, ठन्डी महिना, जाडो छ
हे, रातो नि गाला चाउरी परेछ
बस, सुन्दरी, ठन्डी महिना, जाडो छ
हे, रातो नि गाला चाउरी परेछ
हो, सोल्टिनीको त्यो रातो गालैमा
लान्छु तिमीलाई यो आउने सालैमा
हातैमा सुनैको चुरा अनि औँठी लगाइदिउँला
मखमली चोली अनि शिरबन्दी शिरमा सजाइदिउँला (हे)
हेर, सुन्दरी, लगन तिम्रो आको छ
लहै, त्यो मन पक्कै आँटे जस्तो छ
बस, सुन्दरी, ठन्डी महिना, जाडो छ
हे, रातो नि गाला चाउरी परेछ
हो, कति बस्छ्यौ त्यो माइती गाँवैमा?
जाने भए ल्याउँछु जन्ती दैलैमा
डोलीमा चढाई पछ्यौरीको घुम्टो ओढाइदिउँला
नौमती बाजा बजाई डाँडा, पाखा, बेँसी घन्काइदिउँला (हे)
हेर, सुन्दरी, यो मन मेरो साँचो छ
तर यो ज्यानलाई तिम्रै खाँचो छ
बस, सुन्दरी, ठन्डी महिना, जाडो छ
हे, रातो नि गाला चाउरी परेछ
हेर, सुन्दरी, लगन तिम्रो आको छ
लहै, त्यो मन पक्कै आँटे जस्तो छ
हे, रातो नि गाला चाउरी परेछ
लहै, त्यो मन पक्कै आँटे जस्तो छ
तर यो ज्यानलाई तिम्रै खाँचो छ