Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Pagal Ma Banna Sakchhu (Female Version)
Rajina Rimal
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
ओ, हो-हो-हो-हो-हो
हो, हो-हो-हो-हो-हो
पागल म बन्न सक्छु, सक्दिनँ तिमीलाई छोड्न
म मृत्यु रोज्न सक्छु, सक्दिनँ अरु रोज्न
छोडी गयौ मलाई किन? ए जिन्दगानी
सल्कियो आगो मनमा, आँखामा बर्स्यो पनि
पागल म बन्न सक्छु
तिमी सँगै हुँदा बिष पिए पनि मर्दिनँ म
एक्लै हुँदा त अमृत पिए पनि म मर्छु
तिमी सँगै हुँदा बिष पिए पनि मर्दिनँ म
एक्लै हुँदा त अमृत पिए पनि म मर्छु
हजार-हजार जन्म लिन्छु म तिम्रै लागि
अरुलाई होईन, तिमीलाई माया गर्छु
पागल म बन्न सक्छु
तिमी नै हौ हरपल मैले फेर्ने सास पनि
तिमीलाई त हो पलपल मैले गर्ने बिश्वास पनि
तिमी नै हौ हरपल मैले फेर्ने सास पनि
तिमीलाई त हो पलपल मैले गर्ने बिश्वास पनि
तिमी भन्दा प्यारो कोही हुन्न मेरा लागि
मलाई सानो लाग्छ तिम्रो सामू आकाश पनि
पागल म बन्न सक्छु, सक्दिनँ तिमीलाई छोड्न
म मृत्यु रोज्न सक्छु, सक्दिनँ अरु रोज्न
छोडी गयौ मलाई किन? ए जिन्दगानी
सल्कियो आगो मनमा, आँखामा बर्स्यो पनि
पागल म बन्न सक्छु