Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Shubha Dashain
Sugam Pokharel
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
आयो है दशैँ!
ला, ला, ला, ला-ला-ला, ला, ला, ला
ला, ला, ला, ला-ला-ला, ला
ला, ला, ला, ला-ला-ला, ला, ला, ला
ला, ला, ला, ला-ला-ला, ला
यसपालिको दशैँमा नयाँ लुगा लाएर
टीका, जमरा लगाउन म त हिँडेँ है मामाघरतिर
म त हिँडेँ है मामाघरतिर
साथीभाइ बटुलेर, लट्टाई-चङ्गा बोकेर
मस्त एक हुल बाँधेर म त हिँडेँ है चङ्गा उडाउन
हामी हिँड्यौँ है चङ्गा उडाउन (चेट, चेट, चेट, चेट, चेट)
मौसम पनि, हेर, कस्तो छ रमाइलो
हट्यो कालो-मैलो, दिन छ घमाइलो
चारैतिर दुर्गे भवानीको अर्चना
हर्षोल्लास छायो सबको आँगनीमा
सबै स्वस्थ, सुखी, समृद्ध, दीर्घायु होऊन्
विजया दशमीको शुभकामना
रमाइलो दशैँको शुभकामना
विजया दशमीको शुभकामना
अरे, happy, happy दशैँको शुभकामना
Ooh, ah, ooh, ooh, ooh, ah, ooh-ooh
Ooh, ah, ooh, ooh, ha-ha-ha-oh
ला, ला, ला, ला-ला-ला, ला, ला, ला (लहै, दशैँ नि आयो)
ला, ला, ला, ला-ला-ला, ला-ला-ला-ला
गुन्यू-चोली लाएर, दिदी-दाइसँग मिलेर
नाच्दै, गाउँदै, रमाउँदै म त हिँडेँ है लिङ्गेपिङ खेल्न
हामी हिँड्यौँ है रोटेपिङ खेल्न (चचहुइ)
दौरा, सुरुवाल र टोपी, दक्षिणा पनि बोकी
कालो चस्मा ढल्काउँदै म त हिँडेँ है च्याँखे दाउ थाप्न
हामी हिँड्यौँ है हल्का रमाउन (आहा)
मौसम पनि, हेर, कस्तो छ रमाइलो
हट्यो कालो-मैलो, दिन छ घमाइलो
चारैतिर दुर्गे भवानीको अर्चना
हर्षोल्लास छायो सबको आँगनीमा
सबै स्वस्थ, सुखी, समृद्ध, दीर्घायु होऊन्
विजया दशमीको शुभकामना
रमाइलो दशैँको शुभकामना
विजया दशमीको शुभकामना
अरे, happy, happy दशैँको शुभकामना
रमाइलो दशैँको शुभकामना
गच्छेअनुसार दशैँ सबैले मनाऊँ न
शुभकामना है सबैलाई बडा दशैँको!