Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Maya Sasto
Neetesh Jung Kunwar
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
खोजिराको छु विद्यालय जहाँ किताबले मात्र पढाइँदैन
सुन्नभन्दा नि बुझ्न चाहन्छु, इच्छाविपरीत केही गराइँदैन
पुर्खा त मेरा सबै दुस्मनलाई भारी, तर मजस्तो सन्तान पैदा भो
लड्न त लड्यो मेरो सिपाही दाजु, तर कुर्सीको अङ्कललाई फाइदा भो
किनकि बोली भने सबको मीठो
भित्रबाट कुन्नि कस्तो
गाह्रो भयो जिउन हामीलाई
यहाँ पैसोभन्दा माया सस्तो
हिँडिराको छु उकालीओराली अनि सोच्दै छु, "जिन्दगी कहाँ पुग्यो?"
सानोमा हुँदा बन्छु भन्थेँ इन्जिनियर, तर अहिले, त्यो जोस-जाँगर कहाँ लुक्यो?
सर्टिफिकेट भने टन्नैको यहाँ, धाउनुपऱ्याछ एउटा नाथे जागिरको लागि
एयरपोर्टमा departure को ट्राफिक जाम छ, छाड्नुपऱ्याछ देश आफ्नाे घरबार त्यागी
मुला, बोली भने सबको मीठो
भित्रबाट कुन्नि कस्तो
गाह्रो भयो जिउन हामीलाई
यहाँ पैसोभन्दा माया सस्तो (एकचोटि फेरि)
बोली भने सबको मीठो
भित्रबाट कुन्नि कस्तो
गाह्रो भयो जिउन हामीलाई
यहाँ पैसोभन्दा माया सस्तो
साह्रै भाग्यमानी हामी, यता जन्मियाैँ, चारैतिर हरियाली, बोट अनेकाैँ
तैनि दाैडेको छौँ हतारमा, आफ्नै-आफ्नै रफ्तारमा, बनाउन छाडी बन्यातिर लम्कियाैँ
हामी गर्ने होला के यहाँ बसेर पनि? विदेश जाऊँ न, कामअनुसार कमाइ त छ नि!
दोष कसलाई दिने यहाँ, सरकार कि आफूलाई? राष्ट्र छ गरीब तर मान्छेचैँ धनी
आखिर कसरी चल्ने होला? किनकि कसैलाई मस्ती छ, कसैको सङ्घर्ष दैनिकी
साला, दिनभरि घोटियो, बजारमा जोतियो, पुग्दैन ढेवा अनि आफै बन्धकी
फेरि देखाउनैपर्ने हामी नेपालीको जातलाई, जसरी नि चाहियो दामी यसपालिको चाडलाई
कोट-पेन्ट ढल्कियो, फोकटमा मस्कियो, हाकिमको गाली, तल गार्डसँग सन्कियो
हा, हेर, आफू त गाइने, सिक्दै छु, तैनि सबलाई दामी नै चाहिने
आजकलको जमानामा के भाको, दाजु, लौ न? माया र गाली पनि कमेन्टमै पाइने
हस् त, गएँ म, सबैको जय होस्, मस्त भएर मोटाउनू है, दोस्त
समाजको कुराकानी रैछ लास्टै गहिरो, तल लोभको बाढी, माथि लालचको पहिरो
बोली भने सबको मीठो
भित्रबाट कुन्नि कस्तो
गाह्रो भयो जिउन हामीलाई
यहाँ पैसोभन्दा माया सस्तो (एकचोटि फेरि)
बोली भने सबको मीठो
भित्रबाट कुन्नि कस्तो
गाह्रो भयो जिउन हामीलाई
यहाँ पैसोभन्दा माया सस्तो