Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Arka Ki Timi
Anil Singh
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
अर्काकी तिमी किन भइदियौ?
टुक्र्याई मुटु किन गइदियौ?
अर्काकी तिमी किन भइदियौ?
टुक्र्याई मुटु किन गइदियौ?
जिउनुको एउटै आधार मेरो
भत्काई टाढा किन भइदियौ?
मायालाई मनमा मैले सजाएँ
सारा जीवन तिम्रो पूजा लगाएँ
मायालाई मनमा मैले सजाएँ
सारा जीवन तिम्रो पूजा लगाएँ
दियो निभाई किन गइदियौ?
अर्काकी तिमी किन भइदियौ?
औँसीझैँ अँधेरो पर्यौ जीवन
पानीबिनाको माछा भयो यो मन
औँसीझैँ अँधेरो पर्यौ जीवन
पानीबिनाको माछा भयो यो मन
दोबाटोमा छोडी अन्तै गइदियौ
अर्काकी तिमी किन भइदियौ?
अर्काकी तिमी किन भइदियौ?
टुक्र्याई मुटु किन गइदियौ?
जिउनुको एउटै आधार मेरो
भत्काई टाढा किन भइदियौ?