Pardesh Ma
Popularity · Low
Listen
YouTube
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
परदेशमा हो सुनाऊँ कसलाई
मनको कुरा खोली हो मनको कुरा खोली
परदेशमा हो सुनाऊँ कसलाई
मनको कुरा खोली हो मनको कुरा खोली
हरपल हरक्षण गुञ्जिदिन्छ
सोल्टिनीको बोली हो लै लै सोल्टिनीको बोली
हरपल हरक्षण गुञ्जिदिन्छ
सोल्टिनीको बोली हो लै लै सोल्टिनीको बोली
परदेशमा हो सुनाऊँ कसलाई
मनको कुरा खोली हो मनको कुरा खोली
हरपल हरक्षण गुञ्जिदिन्छ
सोल्टिनीको बोली हो लै लै सोल्टिनीको बोली
परदेशमा हो
ढिकीजाँतो गर्दै होली दाउरा घाँस पानी
अझै पनि उस्तै छ कि घुर्की लाउने बानी
ढिकीजाँतो गर्दै होली दाउरा घाँस पानी
अझै पनि उस्तै छ कि घुर्की लाउने बानी
बिदा हुने बेलामा चिन्ता गर्दैथिई
सङ्घारमा बसी कठै आँसु झार्दैथिई
सङ्घारमा बसी कठै आँसु झार्दैथिई
अलि साँघुरो भयो होला
उस्को रातो चोली हो उस्को रातो चोली
अलि साँघुरो भयो होला
उस्को रातो चोली हो उस्को रातो चोली
कहिले आउँछ सोल्टी भनी
बाटो हेर्दै होली हो लै लै बाटो हेर्दै होली
परदेशमा हो
ठूली भइन् बहिनी मेरी सपना बुन्छिन् अरे
आँगनीको डिलमा बसी आमा रुन्छिन् अरे
ठूली भइन् बहिनी मेरी सपना बुन्छिन् अरे
आँगनीको डिलमा बसी आमा रुन्छिन् अरे
मारुनी र झ्याउरे नाच्ने जिन्दगीको पाटो
सबैभन्दा प्यारो मलाई मेरै देशको माटो
सबैभन्दा प्यारो मलाई मेरै देशको माटो
सम्झनाले हो नुहाइदियो
नवैरस घोली हो नवैरस घोली
सम्झनाले हो नुहाइदियो
नवैरस घोली हो नवैरस घोली
भनभन भाइ हो भन्लान्
देउसीका टोली हो लै लै देउसीका टोली
भनभन भाइ हो भन्लान्
देउसीका टोली हो लै लै देउसीका टोली
परदेशमा हो