Hawai Jahajko Ticket
Astha Raut
Popularity · Low
Listen
YouTube
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
हवाईजहाजको टिकट तिम्रो हातमा
नीद छैन मलाई अब रातमा
हवाईजहाजको टिकट तिम्रो हातमा
नीद छैन मलाई अब रातमा
निर्जीव बनाई यो शरीर
छुट्टिँदैछ भोलि मेरो आत्मा
छुट्टिँदैछ भोलि मेरो आत्मा
हवाईजहाजको टिकट तिम्रो हातमा
नीद छैन मलाई अब रातमा
वेदनाहरूको तिमी मारमा छौ
बाहिर नदेखाउने विचारमा छौ
वेदनाहरूको तिमी मारमा छौ
बाहिर नदेखाउने विचारमा छौ
के भनौँ नभनौँ दोधारमा छौ
घर्किंदैछ वेला हो हतारमा छौ
छुट्टिँदैछ भोलि मेरो आत्मा
हवाईजहाजको टिकट तिम्रो हातमा
नीद छैन मलाई अब रातमा
खोजिँदै कुन खुसी मेटिँदै के रहर
जाने कोसँग हो पुग्ने कस्तो सहर
खोजिँदै कुन खुसी मेटिँदै के रहर
जाने कोसँग हो पुग्ने कस्तो सहर
म केही सोध्दिन शुभ रहोस् सफर
बग्ने खोला तिमी म त कुर्ने बगर
छुट्टिदैछ भोलि मेरो आत्मा
हवाईजहाजको टिकट तिम्रो हातमा
नीद छैन मलाई अब रातमा