Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Bichhodko Pida
Dil Maya Khati
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा
तिमीलाई भेट्न आउँदै छु फर्की रमाइलो गाउँमा
डाँडा छ साक्षी, केही दिन र राती निद छैन आँखामा
मनको कुरो बुझ्दैन कोही पहाडी पाखामा
तिम्रै लागि चुराधागो, मायाको चिनो लिएर
मीठा-मीठा कुरा जति मनमा साँचेर
तिम्रै लागि चुराधागो, मायाको चिनो लिएर
मीठा-मीठा कुरा जति मनमा साँचेर
डाँफे चरीझैँ म वेग मारी झुल्कुँला सामुमा
तिमीलाई भेट्न आउँदै छु फर्की रमाइलो गाउँमा
दुःख पनि नासिएला भाग्यमा घाम उदाए
सधैँभरि सुखी हुउँला दर्शन उनको पाए
दुःख पनि नासिएला भाग्यमा घाम उदाए
सधैँभरि सुखी हुउँला दर्शन उनको पाए
लैजाउँला उनलाई हात समाई ईश्वरको मन्दिरमा
मनको कुरो बुझ्दैन कोही पहाडी पाखामा
बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा
तिमीलाई भेट्न आउँदै छु फर्की रमाइलो गाउँमा
डाँडा छ साक्षी, केही दिन र राती निद छैन आँखामा (ओ)
मनको कुरो बुझ्दैन कोही पहाडी पाखामा (हो, हो)