Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
shabda haru
Prajina
,
Aman Karna
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
नजिकिँदै तिम्रो मुहार सासहरू मिसिँदै गए
बास्नाले तिम्रो म रङ्गिसकेछु, सङ्गीत त तिम्रो धुनमा बगे
माटो पनि सुन बन्ने घाम तिम्रो आँखा चुमेपछि
बाटोमा देखेजति फूल टिपेँ तिमीलाई दिन भनेर, प्रिय
शब्दहरू
के म भनूँ मात्र यिनै
शब्दहरू?
व्यक्त यी भाव कसरी गरूँ?
अल्झी बसेका बोली मेरा तिम्रो अघि मैले सुल्झाइदिएँ
मुस्कानले तिम्रो दिनै उज्यालो, त्यही चित्र मुटुमा बोकिरहेँ
जब शङ्का, ईर्ष्या मेरो मनलाई लुट्छ, के गर्छौ तिमी?
सधैँझैँ बोलाऊ है मलाई, सधैँझैँ आफ्नो भनी
शब्दहरू
के म भनूँ मात्र यिनै
शब्दहरू?
व्यक्त यी भाव कसरी गरूँ?
शब्दहरू
के म भनूँ मात्र यिनै
शब्दहरू?
व्यक्त यी भाव कसरी गरूँ?