Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Timi Nai Hau
Mantra
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
जब आउँछु तिम्रो सामु बिर्सन्छु अतीतलाई
संसार त्यही नै हो, प्रिय, मेरो यो मन पनि
तर लाग्छ फेरि किन आज संसार रङ्गीन?
कि आँखाको हो यो सपना, कि हो साँचो यो बिपना?
कि तिमी नै हौ चाहना मेरो, जिउने बहाना मेरो?
कि तिमी नै हौ सङ्गीत मेरो, कि तिमी नै हौ...? भनिदेऊ
जब हात तिम्रो समाउँछु बिर्सन्छु रोदनलाई
संसार त्यही नै हो, प्रिय, मेरो नयन पनि
तर भिज्दैन किन आज यो परेली?
कि हो भ्रम माया मेरो, कि हो साँचो भावना?
कि तिमी नै हौ चाहना मेरो, जिउने बहाना मेरो?
कि तिमी नै हौ सङ्गीत मेरो, कि तिमी नै हौ...? भनिदेऊ
तिमीलाई नै सुम्पेँ जीवन यो मेरो
तिमीलाई नै ठानेँ जीवनसाथी मेरो, मेरी मायालु
तिमीलाई नै सुम्पेँ जीवन यो मेरो
तिमीलाई नै ठानेँ जीवनसाथी, माया, हा...
कि तिमी नै हौ चाहना मेरो, जिउने बहाना मेरो?
कि तिमी नै हौ सङ्गीत मेरो, कि तिमी नै हौ...? भनिदेऊ