Simana
Astha Raut
Popularity · Low
Listen
YouTube
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
सिमाना हामीले बनाएको होइन
सिमाना हामीले बनाएको होइन
सीमाले मनलाई छुट्याएको छैन
तिमीसँग मेरो रगतको छ नाता
हे नेपाली हे नेपाली
तिमीसँग मेरो गहिरो छ नाता
पुर्खाले कहिले भने र मनको घेरा सानो हुन्छ
संसारै हाँक्ने वीर जातिको आँगनको फेरा सानो हुन्छ
जहाँ बन्छ नेपाली जहाँ बन्छ नेपाली
जहाँ बन्छ नेपाली जहाँ बन्छ नेपाली
त्यही एउटै बन्छ नेपाली
तिमीसँग मेरो रगतको छ नाता
हे नेपाली हे नेपाली
तिमीसँग मेरो गहिरो छ नाता
भानुको भाषा मीठो बोलीमा मनमा स्वयम्भूको छाप छ
शान्तिको रखवारी खुकुरीलाई संसारमै स्याबासीको धाप छ
उही वीर हो नेपाली उही वीर हो नेपाली
उही वीर हो नेपाली उही वीर हो नेपाली
करोडौँ मुटु एउटै शिर हो नेपाली
तिमीसँग मेरो रगतको छ नाता
हे नेपाली हे नेपाली
हे नेपाली हे नेपाली
तिमीसँग मेरो गहिरो छ नाता
सिमाना हामीले बनाएको होइन
सीमाले मनलाई छुट्याएको छैन