Skip to content

Ishwor Taile Rachera Feri

Narayan Gopal, Kamala Shrestha
Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

ईश्वर तैँले रचेर फेरी कसरी बिगारिस् सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् त्यो फूल हरे मलाई दिइ कसरी पछारिस् हे दिदी मैले ती मुना देख्दा मुनाको मुहार ती मुना पनि मर्दछिन् भन्ने थिएन बिचार मुना छातीको जुहार पृथिवीतिर नहेर मुना म पनि आउँछु आँखामा आँशु लिएर चिनो म भेट्न आउँछु प्रेमको हीरा छुटेको तल म लिइ आउँछु कसरी खायो आगोले दिदि कमलको शरीर कसरी खायो निष्ठूरी भइ कमलको शरीर कसरी खायो आगोले दिदि कमलको शरीर कसरी खायो निष्ठूरी भइ कमलको शरीर म कहाँ पाऊँ ती मुनालाई छातीमा लगाऊँ खरानी तिनको मलाई देऊ न छातीमा लगाऊँ हे मेरी आमा हे मेरी मुना म यहाँ बस्दिनँ म यहाँ अब बस्दिनँ आमा म यहाँ बस्दिनँ म यहाँ अब बस्दिनँ मुना म यहाँ बस्दिनँ हे मेरा भाइ ती तिम्री मुना मरेकी छैनन् ती ज्योतिको स्वरुप लिएर गइन् बगैँचा वसन्ती स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती पर्दाले ढाक्यो पर्दाले छेक्यो हे दिदी मलाई म रुने छैन गएर भोलि भेटूँला तिनीलाई हे दैव पर्दा चाँडै नै उठा धन्य छ तँलाई हे दैव पर्दा चाँडै नै उठा धन्य छ तँलाई