Mr. Hyozu - Maya Ko Sambandha (Official Lyric Video)
MrNepz
Popularity · Low
Listen
YouTube
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
किन फेरि त्यही गल्ती दोहोराउँदै छु?
समयले गर्दा तिमीलाई पन्छ्याउँदै छु
किन म यसरी तिमीलाई सम्झिरहन्छु?
बितेको समय किन याद गरिरहन्छु?
प्रयास यो मेरो सफल भएन
आफूलाई नै बुझ्न सकिन
टाढै बसेर माया साटौँला
बितेको समयझैँ तिमीलाई बिर्सौँला
यो मायाको सम्बन्ध बुझ्दैनौ तिमीले
हुँदैन मैबाट माया यो कहिल्यै
सँगै बाँच्ने त कसम नखाऊ
तिमी आउँछ्यौ नजिक, अनि पोल्छ यो घाउ
यो मायाको सम्बन्ध बुझ्दैनौ तिमीले
हुँदैन मैबाट माया यो कहिल्यै
किन फेरि तिमी फर्की आउँदै छौ?
सानो-सानो कुराको यादहरू गर्दै छौ
के थाहा छैन तिम्रो मन मैले दुखाएको थेँ?
नजिक मेरो नआऊ तिमी, टाढै नै बसिदेऊ
नहतार तिमी, एकछिन पर्खिदेऊ
बुझ्ने प्रयास त गरिदेऊ
टाढै बसेर माया साटौँला
बितेको समयझैँ तिमीलाई बिर्सौँला
यो मायाको सम्बन्ध बुझ्दैनौ तिमीले
हुँदैन मैबाट माया यो कहिल्यै
सँगै बाँच्ने त कसम नखाऊ
तिमी आउँछ्यौ नजिक, अनि पोल्छ यो घाउ
यो मायाको सम्बन्ध बुझ्दैनौ तिमीले
हुँदैन मैबाट माया यो
नजिक मेरो तिमी यसरी नआऊ
मेरो मुटुलाई गाह्रो नबनाऊ
बुझ्ने प्रयास गर मायाको सम्बन्धलाई
तिम्रो यादहरूले सताइरहन्छ मलाई