Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Rato ra Chandra Surya (रातो र चन्द्रसूर्य)
Nepathya
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
रातो र चन्द्र-सुर्जे जङ्गी निशान हाम्रो
जिउँदो रगतसरि यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्र-सुर्जे जङ्गी निशान हाम्रो
जिउँदो रगतसरि यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्र-सुर्जे
हिमालझैँ अटल यो, झुकेन यो कहिल्यै
लत्रेन यो कहिल्यै जङ्गी निशान हाम्रो
हिमालझैँ अटल यो, झुकेन यो कहिल्यै
लत्रेन यो कहिल्यै जङ्गी निशान हाम्रो
यो जन्मँदै जगतमा कैयौँ प्रहार आए
साम्राज्य दुई हारे, हारेन शान हाम्रो
रातो र चन्द्र-सुर्जे जङ्गी निशान हाम्रो
जिउँदो रगतसरि यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्र-सुर्जे
जबसम्म चन्द्र-सुर्जे आकाशमा रहन्छ
तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो
जबसम्म चन्द्र-सुर्जे आकाशमा रहन्छ
तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो
गाईसरि छन् साधु जो-जो यहाँ जगतमा
सबको शरण बलियो, जङ्गी निशान हाम्रो
रातो र चन्द्र-सुर्जे जङ्गी निशान हाम्रो
जिउँदो रगतसरि यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्र-सूर्य