Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Saath Ra Bhaar
Arthur Gunn
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
यो रात कहिल्यै नबितोस्, केवल तिमी मेरो साथमा
यो साथ कहिल्यै नतोड, सुम्पिदेऊ मलाई तिम्रो हात
चम्किदेऊ जूनसरि यो सुनौलो रातमा
केवल तिमीलाई म साँचेर राख्नेछु मेरो यो साथमा
कुरेरै बसेकै थिएँ तिमीलाई
जति नजिकिँदै छु म त्यति टाढिँदै तिमीबाट
तिम्रो इच्छा र आशा नै थियो केवल तिम्रो एउटै भर
रहरले भरिएको सपनाको सहर तिम्रो घर
साथीसँगीको माझ रमाउने तिम्रो त्यो चाल
एक्लो हुँदा धेरै छुट्टै छ तिम्रो हरेक व्यवहार
कसैले धोका दिए नि तिमीलाई, जीवनमा नखाऊ हार
कुरेरै बसेकै थिएँ तिमीलाई
जति नजिकिँदै छु म त्यति टाढिँदै तिमीबाट
म नै रैछु तिम्रो साथ र भर
म नै रैछु तिम्रो साथ र भर
म नै रैछु तिम्रो साथ र भर
यो याद सदा रहनेछ केवल मेरो यो मुटुमा
तिमीलाई कल्पनामा भेटाउनेछु, मेरो यो सोचमा
जटिल छ जीवनको बाटो, तिम्रो यादमै रमाउनेछु
बिहानीमा जब सूर्य उदाउनेछ, म आफ्नै लक्ष्यमा हराउनेछु
कुरेरै बसेकै थिएँ तिमीलाई
जति नजिकिँदै छु म त्यति टाढिँदै तिमीबाट