Skip to content

Aankhako Bhaka Aankhaile

Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

आँखाको भाखा आँखैले हे राम्ररी बुझी सम्झनु हो हो सुटुक्क दिउँला म मन हो हो कसैलाई तिमी नभन्नु आँखाको भाखा आँखैले हे राम्ररी बुझी सम्झनु हो हो सुटुक्क दिउँला म मन हो हो कसैलाई तिमी नभन्नु रिमरिमे हल्का शीतले गीत मधुरो गाउँला सुनौलो घामको भुल्काले काउकुती मीठो लाउला प्रेमको कुरा प्रेमैले हे मनमा गुनी राख्नु सुटुक्क दिउँला म मन हो हो कसैलाई तिमी नभन्नु जिस्की मस्किने चन्द्रलाई धरतीमै हामी डाकाँला जिस्की मस्किने चन्द्रलाई धरतीमै हामी डाकाँला आफ्नैपनको संसारमा सुखको सास फेरौँला मुटुको बोली मुटुले हे सुनेर हाँसी रहनु सुटुक्क दिउँला म मन हो हो कसैलाई तिमी नभन्नु आँखाको भाखा आँखैले हे राम्ररी बुझी सम्झनु हो हो सुटुक्क दिउँला म मन हो हो कसैलाई तिमी नभन्नु