Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sakambari
Prakash Saput
Popularity · Moderate
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
कानमा झुम्काना तिम्लाई कल्ले किन्दियो?
नाकको बुलाकी तिम्लाई कल्ले किन्दियो?
पाउमा लाको पाउजु
हातमा सुनको चुरा
तिम्लाई कल्ले किन्दियो? फुलमया, फुलमया
हे, फुलमया, फुलमया
हे, फुलमया, फुलमया
जाग्यो रहर पापी सहरको
छैन सिमाना आफ्नै रहरको
जाग्यो रहर पापी सहरको
ए, छैन सिमाना आफ्नै रहरको
लौ, धर्मै मास्ने जहर
लौ, रङ्गीन-रङ्गीन रहर
तिम्लाई कल्ले किन्दियो? फुलमया, फुलमया
हाय, फुलमया, फुलमया
ए, फुलमया, फुलमया
जोवन साट्यौ कि धनको आसैले?
बहकायो कि तिम्लाई कसैले?
जोवन साट्यौ कि धनको आसैले?
ए, बहकायो कि तिम्लाई कसैले?
हेर, हिँड्छ्यौ परपर
हेर, रातो scooter
तिम्लाई कल्ले किन्दियो? फुलमया, फुलमया
हाय, फुलमया, फुलमया
ए, फुलमया, फुलमया
धुवाँसरि मन उड्न दियौ र?
फूलैसरि तन चुँड्न दियौ र?
धुवाँसरि मन उड्न दियौ र?
ए, फूलैसरि तन चुँड्न दियौ र?
यस्तो आँखै खाने diamond
यस्तो इमान खाने घमण्ड
तिम्लाई कल्ले किन्दियो? फुलमया, फुलमया
हाय, फुलमया, फुलमया
ए, फुलमया, फुलमया
पेटको भोकैले सहर छिरायो
मनको धोकैले बाटो बिरायो
पेटको भोकैले सहर छिरायो
मनको धोकैले बाटो बिरायो
घाँटीनिरै डाम केको होला नि?
रातीतिरै काम केको होला नि?
घाँटीनिरै डाम केको होला नि?
ए, रातीतिरै काम केको होला नि?
ओहो, मूल्य बढीबढी
ओहो, mobile, TV, घडी
तिम्लाई कल्ले किन्दियो? फुलमया, फुलमया
हाय, फुलमया, फुलमया
ए, फुलमया, फुलमया
रस गालैको सुकी जानी छ
आफ्नै आत्माले थुकी जानी छ
रस गालैको सुकी जानी छ
ए, आफ्नै आत्माले थुकी जानी छ
"यो बैँस सधैँ फल्च"
"यो जीवन यसै चल्च"
तिम्लाई कल्ले भन्दियो? फुलमया, फुलमया
हाय, फुलमया, फुलमया (पेटको भोकैले सहर छिरायो)
ए, फुलमया, फुलमया (मनको धोकैले बाटो बिरायो)
ए, फुलमया, फुलमया (पेटको भोकैले सहर छिरायो)
ए, फुलमया, फुलमया (मनको धोकैले बाटो बिरायो)
हाय, फुलमया, फुलमया (पेटको भोकैले सहर छिरायो)
ए, फुलमया, फुलमया (मनको धोकैले बाटो बिरायो)