Sakaratmakta
Chirag Khadka
Popularity · Low
Listen
YouTube
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Yeah
Yei, yei, yeah
This is 5:55
सकारात्मकता
लागेन निद्रा, मनमा धेरै छ चिन्ता
तोप तान्ने बानी मेरो, pre-roll छ तीन'टा
बाङ्गो, बाङ्गो दृष्टिकोण सिधा गरि हिड्दा
कति गाह्रो हुदोरैछ आफैलाई नचिन्दा
ऐनामा हेर्दै भन्ने गर्छु real मा म कुन हो?
घामको किरण मधुरो, उत्तर सबै अधुरो
हेर्दा simple देखेपनी अति गहिरो छ कुरो
यस्तै कुरा बुझ्नलाई होकि शिवले खाका धतुरो
अँध्यारो रातपछी आउँछ अवश्य उज्यालो दिन
आफ्नो कर्तव्यलाई काधमा राखेर उचाली हिड
सुख र सोख भन्दा पनि दुख र भोकलाई चीन
नकारात्मक सोच हरुलाई यो दिमागमा आउन रोक लाइदिम
शब्दहरु एक-आपसमा ठोक्किदै छन
समय बित्दैछ अतितहरु रोकिदै छन
केही ठिक छैन त्यहिपनी सबैकुरा ok छ भन
मायाको भोगी होकि त्यसैले भोकै छन मन, अ
मानिसहरु अचम्मको, सोच पनि अचम्मकै
उत्तरहरु टन्नै अड्किराको सबै प्रश्नमै
थुप्रै सोच थुप्रेर बसेका छन मगजमै
संसार कहाँ पुगिसक्यो हामी निकै परै छम है
परिवर्तनको खाचो हिड हात समातेर मसंग नै
सफलता लाई चिन्न सिक बारम्बार तिमी असफल भै
धैर्यताले सिकाइराको छ फेरि हामिलाई पर्खन है
खै के कहाँ पुगिन्छ सुरु भाको हेर भर्खर नै
आज कहाँ, भोलि कहाँ, हिजो कहाँ थियौ हामी
वर्तमानमा रुमलिदै हाम्रो समय खेर जानी
नदि सुकेर पानी, ठुला पहाड फुटेर खानी
साथिभाई, इष्टमित्र, नातागोता टुटेर जानी
अब एकजुट भै एकैसाथ मै उठेर हामी
एकै रातमा सबै change हुनलाई चाहियो धैर्यता भन्ठानी
नहुने रैछ सोच्या जस्तो जति जे गर्दा नि
संघर्षको बाटो रोज्छु पैसाको भन्दानी
केही गर्न नसकेपनी भित्रबाट आट भए पुग्छ
खल्तिमा छैन गाठ बाउ-आमाको साथ भए पुग्छ
एकछाक भात भए पुग्छ, पशुपति नाथ भए पुग्छ
मरेको भोलिपल्ट दुईदिन दाउरा, काठ भए पुग्छ
उज्यालो, अँध्यारो सानो प्रकाश भए पुग्छ
हरियाली हावाहुरी चिसो बतास भए पुग्छ
एक्लो रात चाहिदैन छानो निलो आकाश भए पुग्छ
चाहिदैन लुगा, सुगा मुनाल को आवाज भए पुग्छ
दिनहरु दिनदिनै अचम्मको
के सत्य के झुठो मलाई नभन न भो
उत्तरहरु छैन मेरो प्रश्नको
सबै कुरा हुन्छ ठिक पखन bro
दिनहरु दिनदिनै अचम्मको
के सत्य के झुठो मलाई नभन न भो
उत्तरहरु छैन मेरो प्रश्नको
सबै कुरा हुन्छ ठिक पखन bro
पखन bro
पखन bro
सबैकुरा हुन्छ ठिक एकछिन लाई पखन bro (haha)