Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Tara Sangai Joon
Rabin Lamichhane, Bhumika Giri
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
हे, धेरै ल्याङल्याङ नगर, केटी, दोहोरी खेलम जन्ती र घरबेटी
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
नगर, केटी, दोहोरी खेलम जन्ती र घरबेटी
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
बिर्सियौ कि मायाले मैले लाको गुन?
हे, विचार गर मै जान्नी बन्दा, हामी पनि कम छैनौँ कोहीभन्दा
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
मै जान्नी बन्दा, हामी पनि कम छैनौँ कोहीभन्दा
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
बिर्सियौ कि मायाले मैले लाको गुन?
हे, बच्चै रैछौ, आऊ पहिले सिकेर, देखाऊ मसँग दुई मिनेट टिकेर
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
आऊ पहिले सिकेर, देखाऊ मसँग दुई मिनेट टिकेर
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
बिर्सियौ कि मायाले मैले लाको गुन?
हे, फुर्ती नलाऊ, मज्जाले पेलिन्छ, सात रात, सात दिन परे नि खेलिन्छ
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
मज्जाले पेलिन्छ, सात रात, सात दिन परे नि खेलिन्छ
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
बिर्सियौ कि मायाले मैले लाको गुन?
हे, त्यसो भए एउटा सर्त मान्छ्यौ त? हार्यौ भने मसित जान्छ्यौ त?
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
एउटा सर्त मान्छ्यौ त? हार्यौ भने मसित जान्छ्यौ त?
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
बिर्सियौ कि मायाले मैले लाको गुन?
हे, रुन नपाई अप्ठ्यारो परेमा, घरज्वाइँ बस्न पर्ने छ हारेमा
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
अप्ठ्यारो परेमा, घरज्वाइँ बस्न पर्ने छ हारेमा
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
बिर्सियौ कि मायाले मैले लाको गुन?
हे, हारेपछि तिम्रो मन रुने भो, एउटै लगन दुइटा बिहे हुने भो
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
तिम्रो मन रुने भो, एउटै लगन दुइटा बिहे हुने भो
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
बिर्सियौ कि मायाले मैले लाको गुन?
हे, पहिले सपना देख्याछौ कस्तोले, ओठ निचोर्दा दुध आउला जस्तोले
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
देख्याछौ कस्तोले, ओठ निचोर्दा दुध आउला जस्तोले
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
बिर्सियौ कि मायाले मैले लाको गुन?
हे, अब तिमी यो ज्यानको दुलही हो, मलाई पाउनु भाग्य त ठूलै हो
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
यो ज्यानको दुलही हो, मलाई पाउनु भाग्य त ठूलै हो
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
बिर्सियौ कि मायाले मैले लाको गुन?
हे, कति चोटि मुख धुन्छौ महिनामा? आफ्नो थोपडा हेर त ऐनामा
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
मुख धुन्छौ महिनामा, आफ्नो थोपडा हेर त ऐनामा
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
बिर्सियौ कि मायाले मैले लाको गुन?
हे, चिनिराख यी मान्छे के रैछन्, मेरो लागि ज्यान फाल्ने धेरै छन्
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
यी मान्छे के रैछन्, मेरो लागि ज्यान फाल्ने धेरै छन्
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
बिर्सियौ कि मायाले मैले लाको गुन?
हे, गफै ठूलो आफैलाई मत्याउने, को होला र यस्तालाई पत्याउने?
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
आफैलाई मत्याउने, को होला र यस्तालाई पत्याउने?
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
बिर्सियौ कि मायाले मैले लाको गुन?
हे, जोडिएसी मसित घरबारमा राख्छु तिमीलाई रानीझैँ दरबारमा
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
मसित घरबारमा राख्छु तिमीलाई रानीझैँ दरबारमा
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
बिर्सियौ कि मायाले मैले लाको गुन?
हे, कान्छा, तिम्रो देखियो खोपडी, दरबार ठान्छौ खरैको झुपडी
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
देखियो खोपडी, दरबार ठान्छौ खरैको झुपडी
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
बिर्सियौ कि मायाले मैले लाको गुन?
हे, सम्पतिको मलाई के पिर छ? लाहुरे परेँ, पल्टनको जागिर छ
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
मलाई के पिर छ? लाहुरे परेँ, पल्टनको जागिर छ
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
बिर्सियौ कि मायाले मैले लाको गुन?
हे, बिचराको सम्पति कहाँ होला? यही coat पनि अर्काको लाआ होला
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
सम्पति कहाँ होला? यही coat पनि अर्काको लाआ होला
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
बिर्सियौ कि मायाले मैले लाको गुन?
हे, वनपाखामा दुई चुल्ठी बाटेर, कति हिँड्छ्यौ घाँसदाउरा काटेर?
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
दुई चुल्ठी बाटेर, कति हिँड्छ्यौ घाँसदाउरा काटेर?
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
बिर्सियौ कि मायाले मैले लाको गुन?
हे, मेरो बारे सबै थोक भन्नै छ, पढाइ degree, सम्पति टन्नै छ
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
सबै थोक भन्नै छ, पढाइ degree, सम्पति टन्नै छ
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
बिर्सियौ कि मायाले मैले लाको गुन?
हे, बैँस, उमेर ढल्कियो, के गर्छौ? हेरम्ला नि कस्तासँग बिहे गर्छौ
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
ढल्कियो, के गर्छौ? हेरम्ला नि कस्तासँग बिहे गर्छौ
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
बिर्सियौ कि मायाले मैले लाको गुन?
हे, कस्तो पाउँछु देखेरै टोलाउला, मेरो बिहेमा तिमीलाई नि बोलाउँला
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
देखेरै टोलाउला, मेरो बिहेमा तिमीलाई नि बोलाउँला
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
बिर्सियौ कि मायाले मैले लाको गुन?
हे, छुट्ने बेला बिदाइ त देउली नि? जाम, केटाहो, अन्माएँ बेहुली नि
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
बिदाइ त देउली नि? जाम, केटाहो, अन्माएँ बेहुली नि
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
बिर्सियौ कि मायाले मैले लाको गुन?
हे, गाउँदा खुबै शत्रुझैँ बनियो, नरिसाउनु, खै, के के भनियो?
तारासँगै जून, बिर्सियौ कि मायाले मैले लाको गुन?
शत्रुझैँ बनियो, नरिसाउनु, खै, के के भनियो?