Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Hamro Maya
Udit Narayan Jha, Sadhana Sargam
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
मौसम थियो वसन्त, हरदिन सुनौलो थियो
हरसाँझ उज्यालो, रमझम बल्थ्यो खुसीको दियो

हाम्रो मायाप्रीति साँच्चै, साँच्चै अनौठो थियो

एक अर्कामै हराउने संसार हाम्रो आफ्नै
हो, एक अर्कामै हराउने संसार हाम्रो आफ्नै
थियो चखेवा जोडी, डुब्ने लहर आफ्नै
रित्तिन्न प्रेम सागर
रित्तिन्न प्रेम सागर, प्यास बढ्छ जति पियो
हाम्रो मायाप्रीति साँच्चै, साँच्चै अनौठो थियो
हाम्रो मायाप्रीति साँच्चै, साँच्चै अनौठो थियो
तिमी फूल भएर फुल्थ्यौ, म भमरा भएर डुल्थेँ

तिमी पहरा भएर थाम्थ्यौ, म लहरा भएर झुल्थेँ
उस्तै छ यो समर्पण
उस्तै छ यो समर्पण जस्तो पहिले थियो