Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Bola Maya
Prakash Saput
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
हे, जाँदाखेरी आकाशैमा, आउँदा बाकसैमा, लाउन खाेज्दा सिन्दुरकाे भाँडो खस्याे भुइँमा
यतातिर भाँडो खस्ने, उता पराण जाने, बिरानाे त्याे मुलुकमा कसले देला पानी?
प्रदेशीको हुँदैन भर, हे बरै, फर्किने आस मात्रै
के रैछ र जिन्दगी भन्नू? हे बरै, एक मुठी सास मात्रै
हे बरै, एक मुठी सास मात्रै
धन ल्याउँछु भन्दै गएका थियाै उडेर आकाशमा
कस्ताे भई गयाै? कस्ताे भई आयाै? काठैकाे बाकसमा
सँगै जाम स्वर्ग भनेकाे भए मै जाने थिइन र?
जबाफ देऊ प्यारा, एक बचन बाेल, बाेल्दैनौ किन र?
बाेल, माया, एकवचन बाेल, तिम्रै बाेलि छ मलाई अनमोल
बाेल, माया, एकवचन बाेल, तिम्रै बाेलि छ मलाई अनमोल
तिम्रै बाेलि छ मलाइ अनमोल
कमाउँला रमाउँला भनी, हे बरै, गएकाे उडेर
लैदियाे हितैकाे पराण, हे बरै, दैवले चुँडेर
लैदियाे हितैकाे पराण, हे बरै दैवले चुँडेर
सासुले भन्लीन छाेरालाई खाईदी, ससुरा के भन्लान्?
समाजले पनि फलानि सार्है अलछिनी छे भन्लान्
तिमीले नै दिएको सिन्दुर र चुरा, काहाँ राखम? के गरम?
बिचैमा छाेडि जानेले किन भनेऊ र बिहे गरम?
बाेल, माया, एकवचन बाेल, तिम्रै बाेलि छ मलाई अनमोल
बाेल, माया, एकवचन बाेल, तिम्रै बाेलि छ मलाई अनमोल
तिम्रै बाेलि छ मलाइ अनमोल
प्रदेशीको हुँदैन भर, हे बरै, फर्किने आस मात्रै
के रैछ र जिन्दगी भन्नू? हे बरै, एक मुठी सास मात्रै
के रैछ र जिन्दगी भन्नू? हे बरै, एक मुठी सास मात्रै
स्वर्गको बाटाे अप्ठेरो हाेला, कसरी जाउला नि?
एक मुठी पानी खुवाउन पाइन तिर्खा पाे लाउला नि
सती जाम भने याे निर्दाेस सन्तान हुर्क्याछ पेटमा
पेटकाेलाई संसार देखाएर आउँछु पर्खे है gate मा
बाेल, माया, एकवचन बाेल, तिम्रै बाेलि छ मलाई अनमोल
बाेल, माया, एकवचन बाेल, तिम्रै बाेलि छ मलाई अनमोल
तिम्रै बाेलि छ मलाइ अनमोल
जिन्दगी खरानी भयाे, हे बरै, बग्याे नि तीरैतीर
जानीलाई हाई सुख्खै भयाे, हे बरै, बस्नीलाई पिरैपिर
जिन्दगी खरानी भयाे, हे बरै, बग्याे नि तीरैतीर
जानीलाई हाई सुख्खै भयाे, हे बरै, बस्नीलाई पिरैपिर
जानीलाई हाई सुख्खै भयाे, हे बरै, बस्नीलाई पिरैपिर
बाेल, माया, एकवचन बाेल, तिम्रै बाेलि छ मलाइ अनमोल