Skip to content

Lutna Sake Lut

Pashupati Sharma
Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

हाम्रा गाउँको एउटा भाइ थाइ शिक्षकमा लड्यो थाइ शिक्षक हुन्छु भनी पढ्नुसम्म पढ्यो बल्लबल्ल नाम निकाल्यो, अहिले जागिर खान्छ त्यसकै छोरो पढ्न फेरि boarding तिर जान्छ लुट्न सके लुट्, कान्छा, लुट्न सके लुट् ए लुट्न सके लुट्, कान्छा, लुट्न सके लुट्, लुट् अरु देशमा पाइँदैन, नेपालमै हो छुट ए कान्छा, अरु देशमा पाइँदैन, नेपालमै हो छुट ए कान्छा, अरु देशमा पाइँदैन, नेपालमै हो छुट डाक्टरले नि जागिर यहाँ सरकारी कोटामा खान्छ बिरामी जाँच्न फेरि clinic तिर तान्छ हाम्रा गाउँको अर्को भाइले सुब्बामा जागिर खायो दुईवर्षमै घर ठड्यायो, कार, पैसो आयो लुट्न सके लुट्, कान्छा, लुट्न सके लुट् ए लुट्न सके लुट्, कान्छा, लुट्न सके लुट्, लुट् अरु देशमा पाइँदैन, नेपालमै हो छुट ए कान्छा, अरु देशमा पाइँदैन, नेपालमै हो छुट ए कान्छा, अरु देशमा पाइँदैन, नेपालमै हो छुट गणतन्त्र ल्यायौँ भन्छन्, फाल्यौँ भन्छन् राजा त्यही फालेका राजाजस्ता कयौँ निस्के आज जनताको मुटुभित्र काँडा कति-कति डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति लुट्न सके लुट्, कान्छा, लुट्न सके लुट् ए लुट्न सके लुट्, कान्छा, लुट्न सके लुट्, लुट् अरु देशमा पाइँदैन, नेपालमै हो छुट ए कान्छा, अरु देशमा पाइँदैन, नेपालमै हो छुट ए कान्छा, अरु देशमा पाइँदैन, नेपालमै हो छुट Wide-body जहाज किने अरे, लुट्नुसम्म लुटे सुनकाण्ड खोई कहाँ पुग्यो, जेलमै छन् कि छुटे? ठूलै नेता भ्रष्टाचारी न डराउँछन्, लुक्छन् कार्यकर्ता केही बुझ्दैनन्, कुकुरजस्तै भुक्छन् लुट्न सके लुट्, कान्छा, लुट्न सके लुट् ए लुट्न सके लुट्, कान्छा, लुट्न सके लुट्, लुट् अरु देशमा पाइँदैन, नेपालमै हो छुट ए कान्छा, अरु देशमा पाइँदैन, नेपालमै हो छुट ए कान्छा, अरु देशमा पाइँदैन, नेपालमै हो छुट हजुरबा नि यसै मरे, बाउ नि यसै मर्छन् हाम्रो पनि त्यही हो गती, विकास कैले गर्छन्? गर्ने काम केही हैन, ठूला-ठूला भाषण स्वर्गजस्तो देशमा हजुर यमराजको शासन लुट्न सके लुट्, कान्छा, लुट्न सके लुट् ए लुट्न सके लुट्, कान्छा, लुट्न सके लुट्, लुट् अरु देशमा पाइँदैन, नेपालमै हो छुट ए कान्छा, अरु देशमा पाइँदैन, नेपालमै हो छुट ए कान्छा, अरु देशमा पाइँदैन, नेपालमै हो छुट सडकतिर त्यस्तै जात्रा, ट्राफिक लाइट छैन ट्राफिक पुलिस सिट्टी फुक्छ, कोहीले सुन्ने हैन त्यति जाबो ट्राफिक लाइटलाई कति लाउँछ खर्च? हाम्ले भन्न पर्ने हो कि आफै बुझ्न पर्छ? लुट्न सके लुट्, कान्छा, लुट्न सके लुट् ए लुट्न सके लुट्, कान्छा, लुट्न सके लुट्, लुट् अरु देशमा पाइँदैन, नेपालमै हो छुट ए कान्छा, अरु देशमा पाइँदैन, नेपालमै हो छुट ए कान्छा, अरु देशमा पाइँदैन, नेपालमै हो छुट ठेकदारले नि टेन्डर पार्छ, लिन्छ ठेक्कापट्टा झनै बिजोग पार्छ, छोड्छ, काम भ्याउनुको सट्टा यता गयो लुटेकै छन्, लुट्छन् उता गयो सब जनालाई लुट्नैपर्छ भन्ने मात्रै भयो लुट्न सके लुट्, कान्छा, लुट्न सके लुट् ए लुट्न सके लुट्, कान्छा, लुट्न सके लुट्, लुट् अरु देशमा पाइँदैन, नेपालमै हो छुट ए कान्छा, अरु देशमा पाइँदैन, नेपालमै हो छुट ए कान्छा, अरु देशमा पाइँदैन, नेपालमै हो छुट ड्याङ्डुङ्ग गर्ने, हल्ला गर्ने ठूला मान्छे बन्छन् तँलाई सोझो भन्दैनन् भाइ, नामर्द हो भन्छन् अब गर्न छोड्दे कान्छा आदर्शको खेती केही न केही त बुझिस् होला भनेपछि यति लुट्न सके लुट्, कान्छा, लुट्न सके लुट् ए लुट्न सके लुट्, कान्छा, लुट्न सके लुट्, लुट् अरु देशमा पाइँदैन, नेपालमै हो छुट ए कान्छा, अरु देशमा पाइँदैन, नेपालमै हो छुट ए कान्छा, अरु देशमा पाइँदैन, नेपालमै हो छुट