Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Asare Mahina Ma
Shubh Basu
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
असारे महिनामा पानी पर्यो रुझाउने
एक्लो यो मेरो मन कसरी बुझाउँने?
भन्थिन है मैच्याङले रुँदै धरर
नौ डाँडा पारी छ कम्पनी शहर
बिछोडको बेलैमा (बेलैमा), बिछोडको बेलैमा (बेलैमा)
मनै बराल्ने न्याहुलको बोली
यति बेला मैच्याङ के गर्दै होली?
मनै बराल्ने न्याहुलको बोली
यति बेला मैच्याङ के गर्दै होली?
पिँढीमा बसेर केके कुरा गर्दै हो?
कहिले हाँस्दै हो, कहिले रुँदै हो
मलाई नै सम्झेर, मलाई नै सम्झेर
छङछङे बग्ने खहरे खोला
फेरि यो माया तिमीसँगै होला
छङछङे बग्ने खहरे खोला
फेरि यो माया तिमीसँगै होला
तिमीलाई भेटेर मनको कुरा भन्ने हो
तिमीसँग बाँच्ने हो, तिमीसँग मर्ने हो
मेरो यो जीवनमा, मेरो यो जीवनमा