Skip to content

Eakdin Maile

Bhaktaraj Acharya
Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

एकदिन मैले प्रभुसङ्ग सोधेँ, कसरी शान्ति मिल्छ? एकदिन मैले प्रभुसङ्ग सोधेँ, कसरी शान्ति मिल्छ? कस्तो कस्तो कर्म गरे पछी कस्तो कस्तो कर्म गरे पछी प्रभुको दर्शन मुक्ति मिल्छ प्रभुको दर्शन मुक्ति मिल्छ एकदिन मैले प्रभुसङ्ग सोधेँ सत्कर्म नभई चित्त शुद्ध हुदैन चित्त शुद्ध नभई सन्तोष हुदैन सन्तोष नभई मन स्थिर हुदैन मन स्थिर नभईकन शान्ति हुदैन एकदिन मैले प्रभुसङ्ग सोधेँ मोहबासना क्रोध नगईकन कर्म ज्ञान र भक्ती हुदैन महाज्ञानको तेस्रो आँखा, महाज्ञानको तेस्रो आँखा नखुली जिवको मुक्ति हुदैन एकदिन मैले प्रभुसङ्ग सोधेँ अरुको घातमा माथ घुमाए मन मनको इश्वर हाँस्दैन अरुको घातमा माथ घुमाए मन मनको इश्वर हाँस्दैन छ्म छम इश्वर भित्र ननाची, छ्म छम इश्वर भित्र ननाची शब्दब्रम्हको नाल हुदैन एकदिन मैले प्रभुसङ्ग सोधेँ शब्दब्रम्ह्को नाल नभइकन ज्ञान बुद्धिको मेल हुदैन ज्ञान बुद्धिको मेल नभइकन, ज्ञान बुद्धिको मेल नभइकन महाज्ञानको उदय हुदैन एकदिन मैले प्रभुसङ्ग सोधेँ महाज्ञान को उदय नभैकन जीव यो करदम बन्दैन महाज्ञान को उदय नभैकन जीव यो करदम बन्दैन हरदम करदम नबने सम्म, हरदम करदम नबने सम्म हरिहरको दर्शन मिल्दैन एकदिन मैले प्रभुसङ्ग सोधेँ कसरी शान्ति मिल्छ कस्तो कस्तो कर्म गरेपछि, कस्तो कस्तो कर्म गरेपछि प्रभुको दर्शन मुक्ति मिल्छ प्रभुको दर्शन मुक्ति मिल्छ एकदिन मैले प्रभु सङ्ग सोधे