Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Yo Gaun Ko Thito
Aditya Narayan Jha
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
पहराको छातीबीच
पहराको छातीबीच फुलेको म फूल
सकेसम्म हुनेछैन जिन्दगीमा भूल
(ए, कान्छा!)
यो गाउँको ठिटो म
यो गाउँको ठिटो म
कान्छा मेरो नाम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम
यो गाउँको ठिटो म
यो गाउँको ठिटो म
कान्छा मेरो नाम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम
पीर-व्यथा बोकी हिँड्ने कति साथी भेट्छु
ऊ पनि त एक्लो छैन, म जस्तो नै देख्छु
हो, पीर-व्यथा बोकी हिँड्ने कति साथी भेट्छु
ऊ पनि त एक्लो छैन, म जस्तो नै देख्छु
बनपाखा, एकान्तमा उभिएको घर
जिन्दगीको उकालोमा सबलाई चाहिन्छ भर
यो गाउँको ठिटो म
यो गाउँको ठिटो म
कान्छा मेरो नाम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम
मनको भारी गह्रुङ्गो छ, सँगै उचालौँ
मनभित्र मायाको एउटा बस्ती बसालौँ
हो, मनको भारी गह्रुङ्गो छ, सँगै उचालौँ
मनभित्र मायाको एउटा बस्ती बसालौँ
साँझपख डाँडापारि दियो बलेजस्तै
जिन्दगीको अँधेरीमा आएँ लड्दै-पड्दै
यो गाउँको ठिटो म
यो गाउँको ठिटो म
कान्छा मेरो नाम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम
यो गाउँको ठिटो म
यो गाउँको, हो, ठिटो म
कान्छा मेरो नाम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम
आउँदै जाँदै गर्नू है, सबलाई रामराम