Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Yatra Tyehi
Ambar Gurung
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
यात्रा त्यही बाटो त्यही
त्यही बाटो कुन यात्री होला भोलि?
पहाड, मदेस र भन्ज्याङ त्यही
बास बस्ने परदेशी हुन्न उही
यात्रा त्यही बाटो त्यही
त्यही बाटो कुन यात्री होला भोलि?
पहाड, मदेस र भन्ज्याङ त्यही
बास बस्ने परदेशी हुन्न उही
यात्रा त्यही बाटो त्यही
त्यही बाटो कुन यात्री होला भोलि?
ठाउँ पनि त्यही हो, त्यही हो नाम
त्यही छ डाँडामा अस्ताउने घाम
ठाउँ पनि त्यही हो, त्यही हो नाम
त्यही छ डाँडामा अस्ताउने घाम
लामो छ खोलाको बगर त्यही
पुल तर्ने त्यही जोडी हुन्न फेरि
यात्रा त्यही बाटो त्यही
त्यही बाटो कुन यात्री होला भोलि?
बैँसको लालीमा प्रिया उस्तै
आँखामा सुराको मस्ती त्यस्तै
बैँसको लालीमा प्रिया उस्तै
आँखामा सुराको मस्ती त्यस्तै
गुञ्जन्छ प्रीतको गीत फेरि पनि
प्रीत लाउन हामीचैँ हुन्नौँ फेरि
यात्रा त्यही बाटो त्यही
त्यही बाटो कुन यात्री होला भोलि?
वैशाख र आकाश छ, मौसम त्यही
हिउँ पर्छ डाँडामा फेरि पनि
वैशाख र आकाश छ, मौसम त्यही
हिउँ पर्छ डाँडामा फेरि पनि
साउन ल्याउनेछ झरी त्यही
ओत लाग्ने त्यही यात्री हुन्न फेरि
यात्रा त्यही बाटो त्यही
त्यही बाटो कुन यात्री होला भोलि?
पहाड, मदेस र भन्ज्याङ त्यही
बास बस्ने परदेशी हुन्न उही
यात्रा त्यही बाटो त्यही
त्यही बाटो कुन यात्री होला भोलि?