Skip to content

Na Chahadai

Phatteman
Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

नचाहँदै कति कुरा सबले स्वीकार गर्नु पर्छ संसारमा जन्मेपछि एकदिन सबले मर्नु पर्छ नचाहँदै कति कुरा सबले स्वीकार गर्नु पर्छ संसारमा जन्मेपछि एकदिन सबले मर्नु पर्छ एकै ज्यान भई कसैसँग हुनु पर्छ आधी आधी एकै ज्यान भई कसैसँग हुनु पर्छ आधी आधी जति गाढा माया पनि भुल्नु पर्छ मनलाई बाँधी कति आँखा रुवाएर आफू ओझेल पर्नु पर्छ संसारमा जन्मेपछि एकदिन सबले मर्नु पर्छ नचाहँदै कति कुरा धेरै बाटो धेरै घुम्ती हिंड्नु पर्छ काँडा बिझ्दै धेरै बाटो धेरै घुम्ती हिंड्नु पर्छ काँडा बिझ्दै जिन्दगी यो बितिजान्छ आखिरमा काँडा झिक्दै सयौं खोला सयौं जँघार केही नभनी तर्नु पर्छ संसारमा जन्मेपछि एकदिन सबले मर्नु पर्छ नचाहँदै कति कुरा सबले स्वीकार गर्नु पर्छ संसारमा जन्मेपछि एकदिन सबले मर्नु पर्छ नचाहँदै कति कुरा