Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Chhutnalai Po Raichha kyare
Thaneshwor Gautam
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
Hmm, हे
आ, आ, आ, आ
आ, आ, आ, ए
छुट्नलाई पो रैछ क्यारे, ए सानु, तिम्रो-मेरो यति धेरै माया बसेको
सम्झीसम्झी रुनु रैछ र पो, हजुर, खुसीले कुनै पल आँसु खसेको
छुट्नलाई पो रैछ क्यारे, ए सानु, तिम्रो-मेरो यति धेरै माया बसेको
सम्झीसम्झी रुनु रैछ र पो, हजुर, खुसीले कुनै पल आँसु खसेको
कुनै पल आँसु खसेको
सम्झीसम्झी रुनु रैछ र पो, सानु, खुसीले कुनै पल आँसु खसेको
कुनै पल आँसु खसेको
अलपत्रै पर्छौँ कि हामी बिचैमा? खै, कहाँ हो कहाँ मायाको किनारा
अलपत्रै पर्छौँ कि हामी बिचैमा? खै, कहाँ हो कहाँ मायाको किनारा
यस्तो लाग्छ जिन्दगीमा, हजुर, यी आँसुहरू नै हुन्छन् कि सहारा
यी आँसुहररू नै हुन्छन् कि सहारा
मुस्कुराइदेऊ आँसु लुकाई, म भुल्न सक्छु कि पीडाहरु
मुस्कुराइदेऊ आँसु लुकाई, म भुल्न सक्छु कि पीडाहरु
खोजेकी छु मुस्कुराउन, थामिन्नन् आँसुहरु, म के गरूँ?
थामिन्नन् आँसुहरु, म के गरूँ?
देखभेट कतै नहुन रैछ र पो, सानु, छुट्टिन हामीलाई गाह्रो भएको
देखभेट कतै नहुन रैछ र पो, सानु, छुट्टिन हामीलाई गाह्रो भएको
तड्पिएर जिउनु रैछ, सानु, पिरतीमा हाम्रो पहिरो गएको
पिरतीमा हाम्रो पहिरो गएको
समयको भेलले हाम्लाई टाढा बनायो, एकै नदीको दुई किनारा बनायो
समयको भेलले हाम्लाई टाढा बनायो, एकै नदीको दुई किनारा बनायो
सँगै हुन चाहेर के गरूँ? समयले झनै दूरी बढायो
समयले झनै दूरी बढायो
मेरी प्रिय, तिमी जहाँ-जस्तो भए नि खुसी छेऊ भन्ने खबर मैले पाऊँ
मेरी प्रिय, तिमी जहाँ-जस्तो भए नि खुसी छेऊ भन्ने खबर मैले पाऊँ
पन्छाई बाधा-अड्चनहरू सफलताको शिखर तिमी चढ्दै-चढ्दै जाऊ
सफलताको शिखर तिमी चढ्दै-चढ्दै जाऊ