Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Bimaan
Pariwartan
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
आफैलाई नियाली हेरेँ, भीडमा टोलाई हिँडेँ म
तिम्रै सम्झनामा
बिथोलिने मुटु मेरो तिम्रै न्यायो आभासमा
अँगालिन खोज्छु म
हत्केला तिम्रो थाम्न खोज्छु
तिम्लाई सामु पाउन खोज्छु म
तर फेरि
बादलसरि आकाशमा सुल्की उडिरहेको विमान हेर्दै
तिम्लाई सम्झी शब्द कोरी कुरिरहेँ म
कुराकानी अपूरा सधैँ, तर तिम्रै मीठो आवाजमा
निदाउन खोज्छु म
नहोला सामु एकअर्का सधैँ, जहाँ छोड्यौ त्यहीँ कुर्दै म
तिम्रै आशामा
हजारौँ प्रश्न मनमा आँउछन्
मबाहेक अरू कोही पाउँछौ कि?
तर फेरि
सागरसरि मायामा डुबी तैरिरहेको जहाज हेर्दै
तिम्लाई सम्झी शब्द कोरी कुरिरहेँ म
तिम्रो र मेरो कहानी आज किन दूरीपनको उदाहरण भयो?
"टाढा", "पर" शब्द मात्र हुँदो रैछन् जब मुटुले एकअर्कालाई चिन्यो
हराउँछु म आफैभित्र, टोलाउँछु म आफैभित्र
तिम्रै पर्खाइमा, तिम्रै पर्खाइमा
हराउँछु म आफैभित्र, टोलाउँछु म आफैभित्र
तिम्रै पर्खाइमा, तिम्रै पर्खाइमा
आयौ तिमी संसारै छोडी फेरि मेरो यो मनमा