Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Ease - The Uncrowned Lyricist (Lyrics Video 150+ Bars) Breeze'
Ease Is Easy
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
Underground को आवाज, मुख थुन मेरो
मसी सकियो भने म लेख्छु खुन मेरो
यो धुन सुन्नेको आखा-कान खुल्छ
षडयन्त्रहरु सबै कुरा भान हुन्छ
मात्र एउटा mic, एउटा मुख, एउटा सोच, एउटा beat
होस हिम्मत अनी सबै कुरा हुन्छ ठिक
यही हो rap को खेल अनी म किरा हो यसको
मात्र एउटा नाम हुन्छ अब चारैतिर देशको
Ease सजिलो बुझ्नलाई, त बुझ मलाई
नबस बुझ पचाई, सब बुझ्नपाए हुन्थिस बुझ्ने भाई
त्यसैले दिदैछु गित बुझ्नलाई
तर बुझ पचाई हास्ने मुख, दिमाग नभाको
तेरो जान्छ सातो जस्तै कात्थर भाको
जस्तै साफ डराको एक सानो बालक
तेरो nephop को गाडी तर छैन चालक
म रोकिदिन्छु, ठोकीदिन्छु, भिड तिर जोतिदिन्छु
पुरा rap को scene मेरो काधमा म बोकिदिन्छु
जस्तै पुर्णबिन्दु(!), एक थोप्लामाथी खम्बा
हातले खान सिके, मेरो मुखमा थिएन चम्चा
यि rapper हरु भन्दा नाच्नेहरु ठिक
Cartoon भएसी त नाटक नै हुन्छ hit
तर सबैचिजको मोल भाउ हुन्न रैछ
सबैभन्दा ठुलो कुरा सही चुन्न रैछ
त्यसैले जबर्जस्ती खोलिदिन्छु कान
Industry लाई सुनाउने हो तिम्रो काम
म त चलाउछु कलम त्यही हो मेरो सान
हरेक शब्दले पुरा गर्छ अर्थ प्रदान
यहाँ लक्ष्यको जुन नजिक देखिराछु
म अक्षरहरुमा आफन्तलाई भेटिराछु
हरेक पंक्ती हरफ अनी माया लाग्ने भाषामा
आफुलाई नै बाधिएको दृश्य देखिराछु
तर बाघको मुखमा हात हाल्ने चाल तेरो
मलाई स्यालको हुल देखाएर धाक देको?
मेरो हास्ने कुरा र बोल्ने बानी
सिधै देखीन्छ भित्र सोल्टी आत्तेको
यहाँ, त्यहा, कहाकहा बोलाउने
अचेल नाम कमाउन मान्छे बौलाउने
पैसाको कुरा किन मुख चलाउने
जब गाठ नै छैन video बनाउने
ठुलो कुरा तर सानो सोच रैछ
माया हैन तलाई गाली खाने भोक रैछ
गित बाहेक तलाई सबैकुरा गर्ने जोश रैछ
पागलपन त असलीमा fame को रोग रैछ
मलाई त्यस्तो सोख छैन, म यस्तै ठिक
Sponsors आफै बोलाउनु लाई भन्छ भिख
कहिले बुझ्नेहोस कान्छा मान्छे बन्न सिक
Rapper हरुले बोल्ने ठाउ मात्र हुन्छ beat
त्यसैले ल्याउछु म heat, rap को म किरो
You're below my level, मेरो अघी सब zero
म त भक्ते हो, हरेक bar र लेखको
कलम रुक्दैन, I ain't got no breaks bro
पुर्व बाट आए, पश्चिम आफ्नो बनाए
हुन्न भाग्य सजाए मैले राज्य बढाए
शब्द सैनिक झै आए, अर्थ बौद्धिक नपाए
फेर्थे शब्दकोश दिमागमा किरा नफलाए सम्म
म आकाशवाणी, रुप देख्न सकिस भने रुक
भेट्न सकिस भने झुक, पेल्न सकिस भने भुक
नत्र भाग, विनाश हुन सक्छ ल!
विलाप हुन बस्दछ जो आत्मालाई ठग्दछ
परमात्मा हु म, तेरो आयु मेरो सोच हो
भुकम्प प्राकृतिक हैन, त्यो त मेरो क्रोध हो
अ, समाज अली पर हुदछ
म बस्दिन यो भिड जहाँ भेडाहरु बुद्ध छ
जहाँ माया हैन युद्ध छ
आत्मा बेच्ने भन्दा शरीर बेच्ने बेश्या शुद्ध छ
अ, राजा बन्ने सोख हैन, जन्मिदै पाको थिए ताज
सजिलै पाएको चिज कसलाई चाही लाग्दछ खास?
एउटा लास माथीको राज जस्तै सतीको श्राप
दोहोर्याउदै छ फेरि जेठ उन्नाईसको इतिहास
म आगोको आधी, जलाउन आको हो साथी
सजाउन पाको छ छाती,छपाउन लाको त्यसमाथी
नाम मेरो सान तेरो, काम मेरो दाम तेरो
लात मेरो गाड तेरो, हात मेरो प्राण तेरो
म त rap को शिक्षक, कुरा एकदम खास
किताब खोल, विद्या पाउन धेरै छ पाठ
तैले गर्नलाई अब भन मलाई, छ बधाई
ल दाई कती माथी हो तपाई
तल होला तर त्यो तल नी तेरो लागी पर होला
माथी भन्न खोज्या, तेरो माथी मलाई तल होला
किनकी सास भर्छु beat मा, प्रकाश छर्छु गितमा
मृगहरुको तृष्णा सखाप गर्छु सीपमा
सडकछापका बिचमा संगीत मात्र सिक्या
अरु पात्र बन्यो मिथ्या, झै किताब बिना समिक्षा
मैले लेख्नुपर्दैन देखेको कुरालाई भुक्न
यहाँ खेल माथी खेल, खेल खेल्नै पर्छ बुझ्न
खेलाडिहरु खेल, रखेल भन्दै खेल्छन
म खेल्दिन खेल, रखेल भित्र घुस्न
छैन चासो हैन लाटो, मेरो सोच छ
काही नभाको, viral भाको, side को बाटो खोज त
सुगम कलाको क्षेत्र, शब्द अस्त्र हो बिभेदको
राजालाई राज गर्न खाचो हुदैन श्रीपेचको
बुझ्नुपर्छ यो गिदी भरपुर छ शब्दको
मजबुत नबन्न खोज, हर झुठ पकड्न होस
छ मसँग,म बोधको प्रसंग
त हुन्छस झसंग, मेरो बोली अखण्ड
मसँग जे छैन त संग सायद त्यो होला
सायद त संग छ गाडी, मसँग खाली झोला
तर मसँग भाको चिज त संग नहोला
त संग सुखहरु, मसँग शब्दको खोला
गित लेख्दा सोच्न beat हरुलाई पर्छ
यती धेरै ज्ञान कलमका निवहरुनै झर्छ
त सक्दैनस मेरो त्यस्तो भिष्म पकड छ
Ease कसरी दामी? लेख्न सिक्नलाई पर्छ
I am Easy, जे भनेपनी ठिक छ
नयाँ rappers हरु केटी नाचे मात्र बिक्छ
बिल्ला हाने मात्र जित्छ, आते पाते मात्र टिक्छ
आइज battle गर्न Ease ले तेरो आत्मालाई झिक्छ
जुन करङहरू बिच छ, तेरो मुटुलाई सिध
छातीमा प्वाल पारी उडाई लग्छु जस्तै गिद्ध
मेरो गितहरु जस्तै Gomu Gomu no
Fan हरु एउटै जस्तै shadow clone हो
Bars जान्छ टाउको माथी, Sisan को drone हो
म बाल दिदिन nephop ko throne को
किनकी अरुजस्तै तर अली धेरै बिद्धान
हरेक वाक्यको शुरुमै अन्त्यको हुन्न निशान
जब सिंह बोल्छ, हुन्न स्यालहरुको नी काम
सबै गिद्ध उडी जान्छ, यही हो चलिआएको बिधान
यहाँ बनी पाएको निशान जस्तै छबी गायकको किसान
जसले गरी खाएको बिहान, भोली जली पाएको चिहान
तर पर्खाइको सिद्धान्त, खेत जोते भात पाक्छ
जब हात काट्छ, हुन्न बाली
पर्खेर के बज्छ ताली? लाज लाग्छ
सत्य बोल्दा चाक फाट्छ, गित सुन्ने कहा भाग्छ?
Beat सबै trap राख्छ, k-pop को swag लाग्छ
Hiphop त facts मात्र तर बोल्नेहरु कम
Mic मा choke खाने, देखाउन मात्र दम
हिजोमा बाच्नेहरु, आज नाच्नेहरु
भोलीको खयाल नगर्दै यसै हास्नेहरु
आफ्नै भुतको कर्मदेखी आफै भाग्नेहरु
केही परिश्रम बिना फल मात्र माग्नेहरु
को भिड्मा आज गितका गित गाउदैछु
जीतमा जीत सजाउदै beat repeat बजाउदैछु
निद्रा सखाप, हात लेखनदास बनाउदै
बातमा बात इतिहास झल्काउदैछु
यही हो भोली, म भविष्य हो तेरो
नेपाली संगीतको एक्लो अनुहार हो मेरो
नसोध मलाई, आजको अर्थ के हो?
भोलीको जीवन जिउन मात्र जन्मेको हो म
म हु भोलीको मुहार
छैन रोकेको भुचाल अनी रोजेको गुहार
सधै सोचेको छु सार तर भोगेको छु हार
गर जितेको स्विकार, तिमिले बिछेका ती जाल
बाट निस्केर बिशाल, मैले झिकेको छु र्याल
सबै श्रोता होसियार, आगो बल्छ अब
मैले गरेको परिश्रम
जलेर जान्छ निव जब लेख्छु म अधिकतम
Yeah
काम गर्दा हिजो नठेल्ने, भोलीमा आखाँ फेर्ने
गरिन ठुलो कुरा, बोलीमा आशा केर्ने
न हत्केलाका रेखाले पर्सिलाई आज हेर्ने
र आजलाई भोली साची हिजोलाई पछी झेल्ने
लक्ष्य थियो मेरो जहिले काम आफ्नो पुरा
गरेर माथी चढ्ने, नछोड्ने केही अधुरा कुरा
कलम मेरा बुन्दा नझुक्ने कहिले घुडा
नरुक्ने आखाँ रुदा र बुझ्ने केही नहुदा
जग सानो भएपनी महल हुन्न झुप्रो
कहिले सोचेथिइन सुन्ने पाउछु कानको थुप्रो
म आको थिए इतिहास रच्नलाई
धेरै कुराहरु बोकेर बक्नलाई
तर या त गित गाउदो रैछन ठग्नलाई
मिलेन सोचहरु त्यहा अट्नलाई
कती चित्त दुख्दोरैछ तल खस्नलाई
सिप भएपनी नचिनीदै बस्नलाई
तिन चार बर्ष गाह्रो भयो कट्नलाई
पछी आफ्नै कथा दिन थाले शब्दलाई
मेरा दुखका बेला भनी गितहरु भरे
मैले नाम हैन काम गर्दै कानहरु गने
बलिदान गरी ज्यान पनी सान भनी छरे
आफ्नै भावनामा अभिमान सरी झरे
अस्विकार पनी गरे, अतिचार पनी टरे
कोहिले गितहरु मेरा कुविचार पनी भने
तर गित गाए मैले मेरा पिडाहरु सिद्धाए
गिज्याए, आखाँ नाकहरु कती विष पाए
चिच्याए, मनका कुराहरुमा नै जीत पाए
ठिस खाए, आफ्नै मुटुभित्र मैले beat पाए