Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Dhanko Chamal Dhanaiko Chiura
Kala Lamsal
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
सिङ्गै मुटु लैजाऊ बरु, आधी त के दिनु
सिङ्गै मुटु लैजाऊ बरु, आधी त के दिनु
तिम्रै हातमा सुनको औँठी, चाँदी त के दिनु
धानको चामल, धानैको चिउरा, मायालुलाई सम्झना के दिउँ र? (हा)
धानको चामल, धानैको चिउरा, मायालुलाई सम्झना के दिउँ र?

ओए, मायालुलाई सम्झना के दिउँ र?
दशै मुरी धानै फल्यो पाँचै माना बीउको
दशै मुरी धानै फल्यो पाँचै माना बीउको
स्वीटर बुनिदिउँ भने नि नापो छैन जिउको
धानको चामल, धानैको चिउरा, मायालुलाई सम्झना के दिउँ र? (हा)
धानको चामल, धानैको चिउरा, मायालुलाई सम्झना के दिउँ र?
धानको चामल, धानैको चिउरा, मायालुलाई सम्झना के दिउँ र?
मायालुलाई सम्झना के दिउँ र?
आली बस्यो जोडी ढुकुर, डाली बस्यो मैना
आली बस्यो जोडी ढुकुर, डाली बस्यो मैना
रुमाल दिए फाटीजाने ऐना देउँ कि बैना?
धानको चामल, धानैको चिउरा, मायालुलाई सम्झना के दिउँ र? (हा)
धानको चामल, धानैको चिउरा, मायालुलाई सम्झना के दिउँ र?
धानको चामल, धानैको चिउरा, मायालुलाई सम्झना के दिउँ र?
मायालुलाई सम्झना के दिउँ र?
नबोलेरै हेरे पनि सिरानीको photo
नबोलेरै हेरे पनि सिरानीको photo
महिना जस्तो रात पनि हुँदो रैछ छोटो
धानको चामल, धानैको चिउरा, मायालुलाई सम्झना के दिउँ र? (हा)
धानको चामल, धानैको चिउरा, मायालुलाई सम्झना के दिउँ र?
धानको चामल, धानैको चिउरा, मायालुलाई सम्झना के दिउँ र?
मायालुलाई सम्झना के दिउँ र?
त्यो रूपको झल्को मेट्छु तिम्रै चिनो हेरी

मुखै हेरे जस्तो हुनी भेट नहुँदा खेरी
धानको चामल, धानैको चिउरा, मायालुलाई सम्झना के दिउँ र? (हा)
धानको चामल, धानैको चिउरा, मायालुलाई सम्झना के दिउँ र?
धानको चामल, धानैको चिउरा, मायालुलाई सम्झना के दिउँ र?
ओए, मायालुलाई सम्झना के दिउँ र?
रुमालभरि पोको पारेँ तिम्रै गाउँको माटो
रुमालभरि पोको पारेँ तिम्रै गाउँको माटो
माया तिम्रो झल्को आउँदा मन बुझाउनी बाटो
धानको चामल, धानैको चिउरा, मायालुलाई सम्झना के दिउँ र?
धानको चामल, धानैको चिउरा, मायालुलाई सम्झना के दिउँ र?
धानको चामल, धानैको चिउरा, मायालुलाई सम्झना के दिउँ र?
मायालुलाई सम्झना के दिउँ र?
पार्यो भने सम्झनाको बाडुलीले कुक्क
पार्यो भने सम्झनाको बाडुलीले कुक्क
मायालुले सम्झ्यो भन्ने होला यो मन ढुक्क
धानको चामल, धानैको चिउरा, मायालुलाई सम्झना के दिउँ र?
धानको चामल, धानैको चिउरा, मायालुलाई सम्झना के दिउँ र?
धानको चामल, धानैको चिउरा, मायालुलाई सम्झना के दिउँ र?
मायालुलाई सम्झना के दिउँ र?
एक्लै हुँदा, भेट नहुँदा सम्झेर रुम्ला कि?

एकोहोरो सम्झनाले विरही हुम्ला कि?