Skip to content

Cha Bhane Maya

Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

बल्लतल्ल भेट भाको दिन, भेट भाको दिन सानु, एकै वचन बोल्दिनौ किन? बाटो छ भिरालो सानु, सङ्लो पानी, धमिलो मन किन? यही लाग्छ पिरालाे भो भो, मलाई फकाउनु पर्देन, फकाउनु पर्देन सानु, फूलको थुँगा भुइँ त्यसै झर्दैन बाटो छ भिरालो सानु, यो कलीको भर अनि हुँदैन, यही लाग्छ पिरालो छ भने माया छपक्कै लाइदेऊ छैन भने माया मोहनी फुकाइदेऊ छ भने माया छपक्कै लाइदेऊ छैन भने माया मोहनी फुकाइदेऊ बोलूँ भने किन हो किन, किन हो किन सानु, मेरो माया मै भन्न सक्दिन बाटो छ भिरालो सानु, यो मायाको मुखै छ हँसिलो, यही लाग्छ पिरालो इन्द्रकमल फूल कहिले फुलेको? फूल कहिले फुलेको? सानु, यो मायाले क्या मीठो बोलेको बाटो छ भिरालो सानु, छ कि कतै मन्तै डुलेको? यही लाग्छ पिरालो छ भने माया छपक्कै लाइदेऊ छैन भने माया मोहनी फुकाइदेऊ छ भने माया छपक्कै लाइदेऊ छैन भने माया मोहनी फुकाइदेऊ यो वनको फूल राम्रो प्याउली, फूल राम्रो प्याउली सानु, बतासैले उडाउँदा चाल पाउली बाटो छ भिरालो सानु, कुन पाखामा जिन्दगी बिताउली? यही लाग्छ पिरालो गुलेलीले कुन चरी ताक्छ र? कुन चरी ताक्छ र? सानु, अल्लारेको को पछि लाग्छ र? बाटो छ भिरालो सानु, हत्केलाले सुर्जेलाई ढाक्छ र? यही लाग्छ पिरालो छ भने माया छपक्कै लाइदेऊ छैन भने माया मोहनी फुकाइदेऊ छ भने माया छपक्कै लाइदेऊ छैन भने माया मोहनी फुकाइदेऊ छ भने माया छपक्कै लाइदेऊ छैन भने माया मोहनी फुकाइदेऊ