Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Naaso (Composer’s Version)
Subani Moktan
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
जानेलाई म रोक्दिन, तर नहुनू बिरानो
केही दिनको बिछोड हो यो, सम्बन्ध छ पुरानो
म त तिमीले दिएको झुम्का र साडी
लगाई कुरिरहन्छु हाम्रै घरअगाडि
फर्की आउनू है
हाम्रो माया नभुले है
म तिम्रै नासो हुँ
साँचिराखे है
तिमी भन्छौ, "जिन्दगी कहाँ सजिलो छ?" कमजोर त म पनि छैन
अँध्यारोमा आउने पाइला नदेखिए पनि सधैँभरि रात हुँदैन
म तिम्रो आँट बनिदिन्छु
तिमी मेरो सहारा बनिदेऊ
फर्की आउनू है
हाम्रो माया नभुले है
म तिम्रै नासो हुँ
साँचिराखे है
समयले सुखदु:ख, जे देखाए नि म तिम्रै आड भइरहूँ
संसारमा तिमीलाई माया गर्ने एउटै हुँदो हो त बुझ्नू त्यो एक मै हुँ
तिमी कदम आफ्नो चालिराख्नू
तिम्रा हर पाइलामा म हुन्छु
फर्की आउनू है
हाम्रो माया नभुले है
म तिम्रै नासो हुँ
साँचिराखे है